बडिगाडका शंकर खोलाको किनारामा मृत अवस्थामा भेटिए !

बागलुङ- बडिगाड गाउँपालिका-९ बस्ने २८ वर्षीय शंकर परियार सोही गाउँपालिका-६ स्थित बडीगाड खोलाको किनारामा बुधबार मृत अवस्थामा फेला परेका छन् । कात्तिक ९ गते पूर्णिमा मेला बुर्तीबाङ हेरी घर फर्कने क्रममा ढोरपाटन-२ सिमलचौर देखी मालरानी जाने गोरेटो बाटोको भिरबाट खसेर बडिगाड खोलामा परी…

बडिगाडका शंकर खोलाको किनारामा मृत अवस्थामा भेटिए !
बागलुङ- बडिगाड गाउँपालिका-९ बस्ने २८ वर्षीय शंकर परियार सोही गाउँपालिका-६ स्थित बडीगाड खोलाको किनारामा बुधबार मृत अवस्थामा फेला परेका छन् । कात्तिक ९ गते पूर्णिमा मेला बुर्तीबाङ हेरी घर फर्कने क्रममा ढोरपाटन-२ सिमलचौर देखी मालरानी जाने गोरेटो बाटोको भिरबाट खसेर बडिगाड खोलामा परी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त खोलाको किनारामा उनको शव फेला पारेको हो । काठमाडौं, तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा नाखनटोल बस्ने ४९ वर्षीय लक्ष्मण नगरकोटी बुधबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित धान उठाउन गएकोमा राती घर नआएपछी खोजी गर्ने क्रममा सोही ठाउँमा उनको शव फेला परेको हो । मोरङ, रतुवामाई नगरपालिका-९ तिलबारीस्थित टालीभट्टाबाट सुगाचोक जाने भित्री बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीया मरामहिम हस्दा बुधबार मृत अवस्थामा फेला परकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।