विद्यार्थीलाई अलपत्र छाडेर शिक्षकहरु कांग्रेस अधिवेशनमा

गुल्मी । नेपाली कांग्रेस यति बेला देशैभर १४ औं अधिवेशनको चटारोमा छ । यस बेला अरुलाई भन्दा पनि सरकारी तलव खाने सामुदायिक विद्यालयका शिक्षकहरुलाई बढि राजनीति लागेको छ । गुल्मीका विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरु वडा अधिवेशन सुरु भए देखि नै विद्यालयको पठन पाठन छाडेर कोही उमेदवा…

विद्यार्थीलाई अलपत्र छाडेर शिक्षकहरु कांग्रेस अधिवेशनमा
गुल्मी । नेपाली कांग्रेस यति बेला देशैभर १४ औं अधिवेशनको चटारोमा छ । यस बेला अरुलाई भन्दा पनि सरकारी तलव खाने सामुदायिक विद्यालयका शिक्षकहरुलाई बढि राजनीति लागेको छ । गुल्मीका विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरु वडा अधिवेशन सुरु भए देखि नै विद्यालयको पठन पाठन छाडेर कोही उमेदवार बनेका छन भने कोही प्रचार प्रसारमा दिनराती खटेका छन् । उनीहरुलाई विद्यार्थीहरुको भविश्यको् चिन्ता छैन ता कि आफ्नै राजनैतिक भविश्यको चिन्ता छ । आज गुल्मी जिल्ला कांग्रेसको क्षेत्र नम्वर २ को क्षेत्रिय अधिवेशन तम्घासको वालमन्दिर हलमा चलिरहँदा कैयौं सामुदायिक विद्यायलका शिक्षकहरु देखिन्थे । जिल्लाको मदाने गाउँपालिका वडा नम्वर –७ भनभने स्थित श्री टिमुरखर्क अधारभुत विद्यालयका प्रधानध्यापक बिरेन्द्रं केसी नेपाली कांग्रेस त्यस वडाको अधिवेशन चले देखि अहिले सम्म विद्यालयमा नदेखिएको अभिभावकले गुनासो गरेका छन् । उनि त्यस वडाको पार्टी सभापतिमा उमेदवारी दिए । सभापति जिते पनि त्यस यता आज क्षेत्रिय अधिवेशन चल्ने दिन सम्म उनी मात्र होईन उनी सहित त्यस विद्यालयका आधा भन्दा बढि शिक्षक कांग्रेस अधिवेशनमा ब्यस्त छन् । आज त्यस विद्यालयमा ४ जना मात्र शिक्षक देखिएका अरु ५ जना शिक्षकहरुलाई बोकेर कांग्रेस वडा सभापति रहेका प्रधानध्यापक रहेका बिरेन्द्र केसी क्षेत्रिय अधिवेशनका लागि तम्घास तिर हानिए । नाम उल्लेख नगर्ने सर्तमा एक अभिभावकका अनुसार विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा त्यस वडाका वडाअध्यक्ष काँशी बहादुर बोहरा महाधिवेशन प्रतिनिधिमा उमेदवारी दिएकोले शिक्षकहरु उनकै दवावमा अधिवेशनमा खटिदै आएका छन् । ‘गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता ’ आदर्श बाक्य मुखमा झुण्डाउने टिमुरखर्क आधारभुत बिद्यालयका प्राय सबै शिक्षकलाई विद्यार्थी पढाउने भन्दा पनि राजनीति गर्ने थलो बनेको छ । वडाध्यक्ष बोहरा कै घरै अगाडीको विद्यालयमा केहि दिन यता विधार्थीहरु अलपत्र परेका छन् । एक विद्यार्थी भन्छन् मानौकी यो दशै विदा हो । यतिका दिन देखि शिक्षकहरु कांग्रेसको राजनीतिमा दौडिदा विद्यार्थीहरुको भविश्य माथी खेलबाड भएको देखेर पनि त्यस गाउँपालिकाको शिक्षा शाखा र प्रमुख उपप्रमुखले के हेरेर बसेका छन एक जना अभिभावकले यस्तो प्रति प्रश्न गर्दै भने –‘ हाजिरी रजिष्टरमा हेर्नु होला दिनुहँ काँग्रेस अधिवेशनको प्रचार प्रसारमा त्यहाँका शिक्षकहरु ब्यस्त हाँजिर भने गराएका हुन सक्छन । उनका अनुसार त्यस विद्यालयले खर्च आम्दानी सार्वाजानिक नगरेको पनि धेरै बर्ष भयो ।