मानवीय सेवामा प्रयोग भईरहेको एम्बुलेन्समा आगजनी हुनु दुःखद : काँग्रेस

गुल्मी । नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले मानवीय सेवामा प्रयोग भईरहेको एम्बुलेन्समा आगजनी हुनु दुःखद रहेको बताएको छ । काँग्रेसले आज एक विज्ञप्ति जारी गर्दै मगंलबार राति मुसिकोट नगरपालिका ३ मा अवस्थित वडागाउँ स्वास्थ्य चौकीको ऐम्बुलेन्समा गरिएको आगजनी प्रति गम्भीर ध्यानाकर्…

मानवीय सेवामा प्रयोग भईरहेको एम्बुलेन्समा आगजनी हुनु दुःखद : काँग्रेस
गुल्मी । नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले मानवीय सेवामा प्रयोग भईरहेको एम्बुलेन्समा आगजनी हुनु दुःखद रहेको बताएको छ । काँग्रेसले आज एक विज्ञप्ति जारी गर्दै मगंलबार राति मुसिकोट नगरपालिका ३ मा अवस्थित वडागाउँ स्वास्थ्य चौकीको ऐम्बुलेन्समा गरिएको आगजनी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काँग्रेस मुसिकोट नगरसमिति सभापति मोहन घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकाको वडा नं २,३ र ४ का स्थानीयहरुले उपयोग गरिरहेको एम्बुलेन्समा आगजनी गर्नु अमानवीय कार्य रहेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीको ध्यानाकर्षण गराएको छ । साथै काँग्रेसले स्वास्थ्य चौकीबाट सञ्चालित एम्बुलेन्स लगायतका अन्य सरकारी सवारी साधनहरुको सुरक्षा र व्यवस्थापनमा ध्यान दिन नगरपालिका र सम्बन्धित संस्थालाई अनुरोध समेत गरेको छ । विज्ञप्तिमा घटनाको छानविन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको छ ।