समाजसेवी थापाले गरे गृह जिल्लाका वृद्धवृद्धालाई सम्मान !

बाँके । समाजसेवी लिल बहादुर थापाले गृह जिल्लाका वृद्धवृद्धालाई सम्मान गर्नुभएको छ । ४० औँ मगर एकता दिवसको अवसर पारेर थापाले गृह थलो बाँकेको खजुरा गाउँपालिकाका वृद्धवृद्धालाई सम्मान गर्नुभएको हो । नेपाल मगर सघं खजुरा गाउँपालिकाको आयोजनामा सम्पन्न ४४ औँ मगर एकता दिवस कार्यक्रममा सम…

समाजसेवी थापाले गरे गृह जिल्लाका वृद्धवृद्धालाई सम्मान !
बाँके । समाजसेवी लिल बहादुर थापाले गृह जिल्लाका वृद्धवृद्धालाई सम्मान गर्नुभएको छ । ४० औँ मगर एकता दिवसको अवसर पारेर थापाले गृह थलो बाँकेको खजुरा गाउँपालिकाका वृद्धवृद्धालाई सम्मान गर्नुभएको हो । नेपाल मगर सघं खजुरा गाउँपालिकाको आयोजनामा सम्पन्न ४४ औँ मगर एकता दिवस कार्यक्रममा समाजसेवी थापाले २२ जना वृद्धवृद्धालाई सम्मान गर्नुभएको हो । बाँके जिल्ला खजुरा गाउँपालिका वडा नं ४ दिगाउँ घर भई हाल अमेरीकामा रहनुभएका थापाले २२ जना वृद्धवृद्धालाई दोसल्ला, ढाका टोपी, फलफुल, हर्लिक्स, कदर पत्र र नगद सहित सम्मान गर्नुभएको हो । वृद्धवृद्धाहरु नयाँ पुस्ताका धरोहर भएकाले उनीहरुलाई सहयोग, सम्मान र सदभाव गर्नुपर्छ भन्ने सन्देश दिन सम्मान कार्यक्रम गरेको सहयोगी थापाले बताउनुभयो । कार्यक्रममा सहभागी वृद्धवृद्धाले सहयोगी मनका धनी लिल बहादुर थापा प्रति धन्यवाद व्यक्त गर्दै सरकारले गर्न नसकेको काम व्यक्तिले गरेको बताए । लिल बहादुर थापाले देशका विभिन्न ठाउँमा विपन्न, गरिब तथा आर्थिक अभावमा उपचार नपाएकाहरुलाई सहयोग गर्दै आउनुभएको छ ।उहाँले जिटिभिका सञ्चालक एवम् सञ्चारकर्मी दिपक नेपालीसगंको सहकार्यमा देशका विभिन्न स्थानका दुःखी पिडितहरुलाई सहयोग गर्दै आईरहनुभएको छ ।