कार्यक्रममा शहभागि नहुने बिधालय हरूको लिखित स्पस्टिकरण लिन्छौ:श्रोत ब्यक्ति शर्मा

रामकृस्ण कंडेल,वामीटक्सार। नि मा बि स्तरिय हाजिरी जबाफ प्रतियोगितामा शहभागि नहुने बिधालय हरू लाई मुसिकोट नगरपालिका गुल्मी,शिक्षा शाखा मार्फत लिखित स्पस्टिकरण लिईने श्रोत ब्यक्ति देबिराम शर्माले बताऊनु भएको छ।वामीटक्सारमा आयोजित नि मा बि स्तरिय हाजिरी जबाफ प्रतियोगितामा समापन मन्त…

कार्यक्रममा शहभागि नहुने बिधालय हरूको लिखित स्पस्टिकरण लिन्छौ:श्रोत ब्यक्ति शर्मा
रामकृस्ण कंडेल,वामीटक्सार। नि मा बि स्तरिय हाजिरी जबाफ प्रतियोगितामा शहभागि नहुने बिधालय हरू लाई मुसिकोट नगरपालिका गुल्मी,शिक्षा शाखा मार्फत लिखित स्पस्टिकरण लिईने श्रोत ब्यक्ति देबिराम शर्माले बताऊनु भएको छ।वामीटक्सारमा आयोजित नि मा बि स्तरिय हाजिरी जबाफ प्रतियोगितामा समापन मन्तब्य राख्दै श्रोत ब्यक्ति शर्माले उक्त कुरा बताऊनु भएको हो।मुसिकोट नगरपालिका शिक्षा शाखाको बार्षिक कार्यक्रम अन्तरगत आयोजित हाजिरी जबाफ प्रतियोगितामा बिभिन्न बाहना बनाई नगरपालिका भित्रका केहि बिधालय हरू अनुपस्थित रहनु दुखद रहेको बताऊदै आगामी कार्यक्रम हरूमा यस्तो अबस्था आऊन नदिईने समेत श्रोत ब्यक्ति शर्माले बताऊनु भएको छ। समय समयमा नगर भित्र अध्यनरत बिधार्थी हरू बिच प्रतिस्पर्धात्मक कार्यक्रम हरू आयोजना हुन जरूरी रहेको बताऊदै यसले सबैको भलो हुने कार्यक्रम संयोजक चुराबहादुर छन्तेलले बताऊनु भयो।छन्तेलले अगाडि भन्नु भयो 'प्रतिस्पर्धात्मक कार्यक्रम हरूले बिधार्थी हरूमा अध्यन गर्ने बानीको बिकास हुन्छ।' नगरपालिका भित्रका२७बिधालय हरू मध्ये १४बिधालयको सहभागिता रहेको कार्यक्रममा सरस्वती नि मा बि दॉसिकोट गुल्मीले प्रथम स्थान प्राप्त गर्यो।यसैगरी शिब संकर मा बी आपचौर तल्लाफॉट द्वितिय,जनज्योती मा बि अरेवा तृतिय र शारदा बिधा मन्दिर मा बी वामी मैदान र त्रिभुवन मा बी कुर्घाले सान्त्वना स्थान प्राप्त गरेको बताईएको छ।प्रथम,द्वितिय,तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने बिधालय हरू लाई क्रमश४५००/,३६००/,३०००/र१५००/नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो। प्रत्येक बिधालय बाट तिन जना बिधार्थी हरूको सहभागिता मध्ये एक छात्रा सहभागि अनिबार्य गरिएको थियो। कार्यक्रममा मुसिकोट नगरपालिका निमित्त मुख्य प्रशासनिक अधिकारी प्रकाश घिमिरे,नेपाल शिक्षक महासंघ गुल्मी सहसचिब रामकृस्ण कंडेल,सुचना अधिकृत समुन्द्र बिक्रम रायमाझि,बिभिन्न बिधायका प्रधानाध्यापक हरूको बिशेष उपस्थिती रहेको थियो।हाजिरी जबाफ कार्यक्रम शिक्षा शाखा प्रमुख देबिराम सर्माको अध्यक्षता,कार्यक्रम संयोजक चुराबहादुर छन्तेलको स्वागत मन्तब्य र वार्डनं७का कम्प्यूटर अपरेटर गोबिन्द कंडेलको सन्चालनमा सम्पन्न भएको थियो।