गुल्मी मुसिकोट महोत्सबको ऊद्घाटन अध्यक्ष तिमिल्सिनाले गर्ने।

रामकृस्ण कंडेल,वामीटक्सार,गुल्मी। गुल्मी मुसिकोट महोत्सबको ऊद्घाटन रास्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने बताईएको छ।'रास्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना द्वारा उदघाटन गराऊने सर्बसम्मत निर्णय गरेका छौं'मुनपा७का वार्ड अध्यक्ष प्रकाश काफ्लेले बताऊनु भयो।महोत्सब ऊदघाटनको लाग…

गुल्मी मुसिकोट महोत्सबको ऊद्घाटन अध्यक्ष तिमिल्सिनाले गर्ने।
रामकृस्ण कंडेल,वामीटक्सार,गुल्मी। गुल्मी मुसिकोट महोत्सबको ऊद्घाटन रास्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने बताईएको छ।'रास्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना द्वारा उदघाटन गराऊने सर्बसम्मत निर्णय गरेका छौं'मुनपा७का वार्ड अध्यक्ष प्रकाश काफ्लेले बताऊनु भयो।महोत्सब ऊदघाटनको लागि प्रमुख अतिथिको रूपमा रास्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले आफु माघ १५ गते वामीटक्सार आऊने सहमति जनाएकोले अन्यौल हटिसकेको छ।अब कामको गति पनि बढ्ने वार्ड अध्यक्ष काफ्लेले बताऊनु भयो। मुसिकोट उद्योग वाणिज्य संघ वामी टक्सारको आयोजनामा माघ १५ देखि २६ गते सम्म प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औधोगिक एवं व्यापार महोत्सव २०७६ आयोजना गरिएको छ। पहिलो पटक आयोजना हुन लागेको महोत्सवले मुसिकोट नगरपालिकाको पर्यटन विकास,धार्मिक स्थलहरुको प्रवद्धर्न सहित व्यापार वृद्धिको लागी महत्वपूर्ण हुने बिस्वास लिईएको छ। महोत्सवमा ५ करोडको कारोवार र ७० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष शुदर्सन शाक्यले बताऊनु भयो।