ददल्का मा.बि को बिव्यस अध्यक्षमा खड्ग बहादुर खत्री चयन।

रामकृस्ण कंडेल,वामीटक्सार। ददल्का मा बि को बिव्यस अध्यक्षमा पुन:खड्ग बहादुर खत्री चयन हुनुभएको हो।यसैगरी शिक्षकअभिभाबक संघको अध्यक्षमा बिधालयका पूर्ब प्रधानाध्यापक खगकान्त खरेल चयन हुनुभएको छ।बिधालयले आयोजना गरेको अभिभाबक भेला बाट खत्री र खरेल क्रमश दुई समितिका अध्यक्ष हरूमा चयन…

ददल्का मा.बि को बिव्यस अध्यक्षमा खड्ग बहादुर खत्री चयन।
रामकृस्ण कंडेल,वामीटक्सार। ददल्का मा बि को बिव्यस अध्यक्षमा पुन:खड्ग बहादुर खत्री चयन हुनुभएको हो।यसैगरी शिक्षकअभिभाबक संघको अध्यक्षमा बिधालयका पूर्ब प्रधानाध्यापक खगकान्त खरेल चयन हुनुभएको छ।बिधालयले आयोजना गरेको अभिभाबक भेला बाट खत्री र खरेल क्रमश दुई समितिका अध्यक्ष हरूमा चयन हुनु भएको हो।बिधालय ब्यबस्थापन समितिको सदस्यहरुमा गोविन्द खरेल, रुपा परियार, कुमारी वि.क, गगांराम खरेल, कमला खरेल, घन बहादुर खत्री र सदस्य सचिवमा प्रधानाध्यापक बुद्धि मणी खरेल रहनुभएको छ । यसैगरी शिक्षक अभिभाबक संघको सदस्यहरुमा कल्पना खरेल, सम्झना वि.क, कृष्ण प्रसाद खरेल, अमृता वि.क,सुरेश प्रसाद खरेल, पदेन सदस्यमा खड्क बहादुर खत्री, र सदस्य सचिवमा प्रधानाध्यापक बुद्धिमणी खरेल रहनुभएको छ ।दुबै समितिको शिक्षक प्रतिनिधि स्टाफ बैठक बाट टुगिंने बताईएको छ । कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ९ का वडाध्यक्ष नरेशराज खरेल र मुसिकोट नगरपालिका शिक्षा शाखाका श्रोत ब्यक्ति देविराम शर्माको विशेष आतिथ्यता रहेको थियो ।शिक्षक कालिदास खरेलको सञ्चालन रहेको कार्यक्रममा प्रधानाध्यापक बुद्धिमणी खरेलको स्वागत मन्तब्य रहेको थियो ।