पाँच दलीय गठबन्धनद्वारा बडिगाडमा निर्वाचन अधिकृतविरुद्ध नाराबाजी

बडिगाड गाउँपालिकामा मतगणनामा ढिलाई भएको भन्दै सत्ता गठबन्धनले नाराबाजी गरेको छ । मतपेटिका ल्याएको २४ घण्टा वितिसक्दा पनि मतगणना नभएपछि निर्वाचन अधिकृत विरुद्ध नाराबाजी गरिएको हो । बडिगाड गाउँपालिका–४ गुफा आधाभूत विद्यालयमा पुनः मतदान गर्नुपर्ने भन्दै नेकपा एमालेले निवेदन दिएपछि म…

पाँच दलीय गठबन्धनद्वारा बडिगाडमा निर्वाचन अधिकृतविरुद्ध नाराबाजी
बडिगाड गाउँपालिकामा मतगणनामा ढिलाई भएको भन्दै सत्ता गठबन्धनले नाराबाजी गरेको छ । मतपेटिका ल्याएको २४ घण्टा वितिसक्दा पनि मतगणना नभएपछि निर्वाचन अधिकृत विरुद्ध नाराबाजी गरिएको हो । बडिगाड गाउँपालिका–४ गुफा आधाभूत विद्यालयमा पुनः मतदान गर्नुपर्ने भन्दै नेकपा एमालेले निवेदन दिएपछि मतगणना रोकिएको थियो। गठबन्धनका नेता कार्यकर्ताले मतगणना शुरु गर, निर्वाचन अधिकृत मुर्दावाद भन्दै नाराबाजी गरिरहेका छन् । अधिकृत सुवेदीले बिहान ६ बजे सर्वदलीय बैठक डाकेर मतगणना शुरु गरिने जानकारी दिइन् ।