नेपाल कम्यूनिष्ट पार्टी नेकपा मुसिकोट नगरकमिटीको बैठक सम्पन्न ।

सागर भण्डारी, गुल्मी । नेपाल कम्यूनिष्ट पार्टी नेकपा मुसिकोट नगरपालिका नगरकमिटीको बैठक सम्पन्न भएको छ । यही माघ १५ देखि २६ गतेसम्म हुन लागेको प्रथम गुल्मी मुसिकोट, पर्यटन साँस्कृतिक,औद्योगिक एवम् व्यापार महोत्सवलाई लक्षित गरि सम्पन्न गरिएको बैठकमा महोत्सव सफल बनाउनका लागि नगरकमिट…

नेपाल कम्यूनिष्ट पार्टी नेकपा मुसिकोट नगरकमिटीको बैठक सम्पन्न ।
सागर भण्डारी, गुल्मी । नेपाल कम्यूनिष्ट पार्टी नेकपा मुसिकोट नगरपालिका नगरकमिटीको बैठक सम्पन्न भएको छ । यही माघ १५ देखि २६ गतेसम्म हुन लागेको प्रथम गुल्मी मुसिकोट, पर्यटन साँस्कृतिक,औद्योगिक एवम् व्यापार महोत्सवलाई लक्षित गरि सम्पन्न गरिएको बैठकमा महोत्सव सफल बनाउनका लागि नगरकमिटी अन्तर्गतका ९ वटै वडाका कमीटिहरुलाई आह्वान गर्ने निर्णय गरेको छ । बैठकमा महोत्सव सफल बनाउन पार्टीका सम्पूर्ण सगंठनहरुलाई आह्वान गर्ने निर्णय भएको छ । नेपाल कम्यूनिष्ट पार्टी नेकपा नगरकमिटी अध्यक्ष खुम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा नगर ईन्चार्ज जीवन खरेलको विशेष उपस्थिति रहेको थियो । बैठकको सञ्चालन नेपाल कम्यूनिष्ट पार्टी नेकपा मुसिकोट नगरकमिटी सचिव अग्नीधर लोहोनीले गर्नुभएको थियो ।