भित्री बस्त्र खोल्न लगाएर छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले गरे तोडफोड

हेटौँडा । परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौँडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । स्नातक तह दोस्रो वर्षको परीक्षा चलिरहेको बेला छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौँडा क्याम्पस…

भित्री बस्त्र खोल्न लगाएर छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले गरे तोडफोड
हेटौँडा । परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौँडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । स्नातक तह दोस्रो वर्षको परीक्षा चलिरहेको बेला छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौँडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले हिजो (मंगलबार) परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेका थिए । भित्री बस्त्रमा समेत चिट लुकाएको भन्दै खोल्न लगाएर दुर्व्यवहार गरेको आरोप लगाइएको छ । घटनापछि क्याम्पसले विज्ञप्ति निकालेर घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए पनि विद्यार्थीले तोडफोड गरेका हुन् । यसैबीच तोडफोड भएपछि बुधबार हेटौँडा क्याम्पस केन्द्रमा हुने कक्षा ११ को ग्रेडवृद्धि परीक्षा रोकिएको छ ।