काठमाडौं। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडाध्यक्षलाई पौडी पोखरामा धकेल्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) माथि कारबाही हुने भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीबारे छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
त्यसपछि उनीमाथि कारबाही गर्न आवाज उठेको थियो । प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले भने, ‘छानबिन गर्न आदेश दिइएको छ। प्रदेश र जिल्लाबाटै छानबिन गरेर कारबाही गर्न भनिएको छ।’
वडाध्यक्षलाई स्विमिङ पुलमा खसाल्ने डिएसपीलाई कारबाही हुने
काठमाडौं। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडाध्यक्षलाई पौडी पोखरामा धकेल्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) माथि कारबाही हुने भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीबारे छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको प्रहरी प्रधान कार्यालयले…
