बडिगाड । बागलुङको बुर्तिबाङको देखि बुटबल तर्फ जाँदै गरेको बस आईतबार दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । पाल्पाको लघुवामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको हो ।
मृतकको शव जिल्ला अस्पताल पाल्पामा राखिएको छ भने १६ जना घाइतेको मिसन हस्पिटल पाल्पामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार वसले बुर्तिवाङबाट ४ जना यात्रु लिएर हिँडेको थियो ।
खर्वाङ प्रहरी चौकीमा पुग्दा १७ जना यात्रुहरु रहेको बुझिएको छ । बिचमा यात्रु चढ्ने र ओर्लिने गरी घटनास्थलमा पुग्दा २२ जना रहेको प्रहरीको भनाई छ ।
दुर्घटनामा परी बस चालक रुपन्देही कञ्चन गापा ५ बस्ने किसान श्रीस, बागलुङ, बडिगाड गाउँपालिका १० निगलपानीका सिजन थापा, कालिकानगर रुपन्देहीका ५७ वर्षीय गोविन्द थापा, गुल्मी मजुवाका २१ वर्षीय रचना सुवेदी, सोही ठाउँकै १८ वर्षीय प्रियङ्का काफ्ले,सोही ठाउँकै ३१ वर्षीय चन्द्र बहादुर कामी घाईते भएका छन् ।
त्यस्तै कपिलबस्तु वाणगंगाका ४२ वर्षीय पिताम्बर रेश्मी, गुल्मी चन्द्रकोट गापा ८ मजुवाकी ६ वर्षीय रिया सुवेदी,सत्यवती गापा ६ खैरेनि गुल्मीका ३५ वर्षीय छविलाल ढकाल, नवलपरासी बर्दघाटका ५६ बर्षीय अम्मरे कामी, गुल्मी सत्यवतिका १५ वर्षीय पुजन ढकाल, बागलुङ ढोरपाटन नगरपालिका १ बस्ने ३० वर्षीय टेकलाल रसाईली ,रौतहटका २८ बर्षीय सञ्जय कुमार ठाकुर घाईते भएका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।
त्यस्तै सोही दुर्घटनामा म्याग्दी रुमाका विश्वास रोका, सोही ठाउँकै सुमित्रा रोका र रुपन्देहि देवदहका ६१ बर्षीय खड्क बहादुर वि.क.गम्भीर घाईते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
बस दुर्घटना अपडेट : यस्तो छ घाईतेको विवरण !
बडिगाड । बागलुङको बुर्तिबाङको देखि बुटबल तर्फ जाँदै गरेको बस आईतबार दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । पाल्पाको लघुवामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको हो । मृतकको शव जिल्ला अस्पताल पाल्पामा राखिएको छ भने १६ जना घाइतेको मिसन हस्पिटल पाल्पामा उपचार भैरहेको जिल्ला प्रहरी क…
