प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

काठमाडौँ : प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्ने नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ पर…

प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ
काठमाडौँ  : प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्ने नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले बताए । उनका अनुसार भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ । भुसालले बनाएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।