श्रीमान आए नेपाल, अर्कैसंग भागेकी श्रीमतीलाई भन्छन, "पेटमा बच्चा छैन भने स्वीकार्छु" [भिडियोसहित]

जीवन पाण्डे, बाग्लुङ्ग - बडिगाड गाउपालिका वडा न. ०४, जलजलामा एक व्याक्तिले घरमा श्रीमती हुँदाहुँदै अर्काकी श्रीमती भगाएका छन । उनिहरु करिव अहिले सम्म औपचारिक रुपमा सम्पर्कमा आएका छैनन । बडिगाड गाउपालिका वडा न. ०७, भिमगिठे घर भइ जलजला स्थित आफ्नै ससुरालिमा बस्दै आएका बिरेन्द्र बि.…

श्रीमान आए नेपाल, अर्कैसंग भागेकी श्रीमतीलाई भन्छन, "पेटमा बच्चा छैन भने स्वीकार्छु" [भिडियोसहित]
जीवन पाण्डे, बाग्लुङ्ग - बडिगाड गाउपालिका वडा न. ०४, जलजलामा एक व्याक्तिले घरमा श्रीमती हुँदाहुँदै अर्काकी श्रीमती भगाएका छन । उनिहरु करिव अहिले सम्म औपचारिक रुपमा सम्पर्कमा आएका छैनन । बडिगाड गाउपालिका वडा न. ०७, भिमगिठे घर भइ जलजला स्थित आफ्नै ससुरालिमा बस्दै आएका बिरेन्द्र बि.क ले सोही स्थानिय महिला एबम अर्काकी श्रीमती जुनु बि.क लाई लिएर फरार भएका हुन । जुनुको श्रीमान अब घर आउछु भनेर आफ्नी श्रीमतिलाइ जानकारी गराउदा जुनु बिरेन्द्रसङ्ग भागेको स्थानियले बताएका छन। बिरेन्द्र र जुनु दुबैको परिवारमा २ सन्तान छन । जुनुको एक छोरा र एक छोरी छन भने बिरेन्द्रको २ छोरा रहेका छन । जुनुले आफुसङ्गै एक छोरी लिएर गएकी हुन भने बिरेन्द्रले एक छोरा लिएर भगेका हुन । बिरेन्द्र पहिलानै २ वटि श्रीमती बिवाह गरेका व्याक्ती हुन । अहिले फेरि उनको यस्तो कृयाकलापले आफ्नो लगायत धेरैको पारिवारिक र सामाजिक अवस्थामा बिचल्ली भएको छ । यो घटना थाहा पाएपछि जुनुको श्रीमान अहिले स्वदेश आएका छन । उनले आफ्नी श्रीमती अझै सम्म फेला पार्न नसकेको र फेला पार्न अथक प्रयास गरेको बताएका छन । यो सम्पुर्ण षड्यन्त्र स्थानिय रुपा बि.क को बताइएको छ । रुपा त्यही बिरेन्द्रकी बहिनी पर्छिन । सम्पुर्ण घटनाको बारेमा उनलाइ नै थाहा भएको स्थानिय ले बताएका छन । आज जुनुका श्रीमानले कतैबाट आफ्नी श्रीमती फेला पर्ने अवस्था नदेखेपछी षड्यन्त्र गरेकी भनेर भनिएकी रुपालाइ नै उनिहरुलाइ खोजेर आफ्नो सामु ल्याउनिलुपर्ने भनि प्रहरिमा उजुरी समेत दिएका छन । यता कतैवाट श्रीमती भेटिएपछी अझैपनी स्विकारेर पहिला जस्तै माया गरेर राख्ने घरमा राख्ने भनेका छन । उनले यो कुरा बडिगाड अनलाइनको अन्तरवार्तामा बताएका छन । अहिलेको समयमा यस्ता घटनालाइ ठुलै बिकृतीको रुपमा लिदा फरक नपर्ला तर जस्तो भएपनी अहिलेको समयमा यसरी अर्कैसङ्ग भागेकी श्रीमतिलाइ स्वुकार्ने श्रीमान भने कमै भेटिन्छन तिनै श्रीमानसङ्ग हामी अन्तरवार्ता गरि बडिगाड अनलाइनको युट्युव च्यनलमा अपडेट गरेका छौ । कृपया बिस्तृत जानकारिको लागी तलको भिडियो हेर्नुहोला