बागलुङमा अरिङ्गालको टोकाइबाट १ जनाको मृत्यु

बागलुङ : अरिङ्गालको टोकाइबाट बागलुङमा पर्वतका एक युवाको ज्यान गएको छ। पर्वतको कुश्मा नगरपालिका-१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा टोकेर गम्भीर घाइते भएपछि धौलागिरी अस्पताल बागलुङमा ल्याईएको र उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूच…

बागलुङमा अरिङ्गालको टोकाइबाट १ जनाको मृत्यु
बागलुङ : अरिङ्गालको टोकाइबाट बागलुङमा पर्वतका एक युवाको ज्यान गएको छ। पर्वतको कुश्मा नगरपालिका-१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा टोकेर गम्भीर घाइते भएपछि धौलागिरी अस्पताल बागलुङमा ल्याईएको र उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । परियार गए राति घर नजिककैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते भएका थिए ।