गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला

गुल्मीः गुल्मीको छल्दी खोलाको किनारमा शनिवार पुरुषको शव फेला परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ५ गान्टारी स्थित छल्दीखोलाको किनारमा इश्मा गाउँपालिका वडा नम्वर ६ का ३८ वर्षीय टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शबको स्थलगत मुचु…

गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला
गुल्मीः गुल्मीको छल्दी खोलाको किनारमा शनिवार पुरुषको शव फेला परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ५ गान्टारी स्थित छल्दीखोलाको किनारमा इश्मा गाउँपालिका वडा नम्वर ६ का ३८ वर्षीय टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शबको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । साकेंतिक तस्बिर