मुसिकोट नगरपालिका ५ इन्द्रेगौडामा समाजवादी पार्टिको पहिलो बैठक सम्पन्न !!

महेन्द्र कौशल - मुसिकोट नगरपालिका ५ इन्द्रेगौडामा बसेको समाजवादी पार्टीको बैठक औपचारिक रुपमा सम्पन्न भएको छ। समाजवादी पार्टी जिल्ला समन्वय समिती गुल्मीको आयोजनामा मुसिकोट नगरपालिका ५ इन्द्रेगौडामा कार्यक्रम भएको हो | समाजवादी पार्टी जिल्ला समन्वय समिती गुल्मीको आयोजनामा प्रदेश ५…

मुसिकोट नगरपालिका ५ इन्द्रेगौडामा समाजवादी पार्टिको पहिलो बैठक सम्पन्न !!
महेन्द्र कौशल - मुसिकोट नगरपालिका ५ इन्द्रेगौडामा बसेको समाजवादी पार्टीको बैठक औपचारिक रुपमा सम्पन्न भएको छ। समाजवादी पार्टी जिल्ला समन्वय समिती गुल्मीको आयोजनामा मुसिकोट नगरपालिका ५ इन्द्रेगौडामा कार्यक्रम भएको हो | समाजवादी पार्टी जिल्ला समन्वय समिती गुल्मीको आयोजनामा प्रदेश ५ का समाजवादि पार्टीका अध्यक्ष नबिन कुमार सुनुवारको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो। "हामी अरु पार्टी भन्दा फरक ढंगबाट काम गर्नु पर्छ। हामीले ब्यग्लै सुशासन कायम गरि गणतान्त्रिक रुपमा अगाडि बड्नु पर्छ" भन्दै प्रमुख अतिथी सुनुवारले बक्तव्य दिनुभएको थियो | कार्यक्रममा बोल्दै जिल्ला सह इन्चार्ज कृष्ण सर्तुङ्गेले सम्पुर्ण नेपाली धर्म,संस्कृती,जातजातीलाई एकीकृत गरि पिछडिएका वर्गहरुलाई सहयोग गर्ने उद्देश्य र गणतान्त्रिक समाज बनाउनु पर्छ भन्नुभएको हो | हो। सबै गाउँगाउ र टोलटोल युवाहरुलाइ एकीकृत गरि पार्टी बलियो बनाउनु पर्छ। सङ्घीयता,सुशासन, समृध्दी, समाजवाद भन्ने मुलनारामा सो पार्टी स्थापना गरिएको हो भन्दै उहाले मन्तव्य दिनु भएको हो। समाजवादी पार्टी जिल्ला समन्वय समिती गुल्मीको आयोजनामा मुसिकोट नगरपालिका ५ इन्द्रेगौडामा भएको पहिलो बैठकमा बि.सु. अभियान्ता समाजवादि पार्टी गुल्मी जिल्लाका अध्यक्ष वीर बहादुर गुरुङ्गले गुल्मी जिल्लाको धेरै मानिसलाई एकीकृत गरि पार्टि बलियो र आगामी चुनाबमा जित हासिल सुनिश्चित हुन सक्छ भन्नू भएको छ। समाजवादी पार्टी जिल्ला समन्वय समिती गुल्मीको आयोजनामा समाजवादी पार्टीको पहिलो बैठक सु-सान्त तरिकाबाट सम्पन्न भएको थियो। सो बैठकमा पुर्ब संसद यज्ञ पोखरेल, के.स. प्रदेशका मुख्य सचीव तेजेन्द्र थापा,के.स गुल्मीका इन्चार्ज गोकर्ण थापा,गुल्मिका सह इन्चार्ज राजेन्द्र जि सि लगाएत धेरै समाजवादि बलियो बनाउने अभियान्ताहरुको उपस्थित रहेको थियो।