बडिगाड डोजोकाे बल्याक बेल्ट दिक्षान्त तथा ग्रेडिङ कार्यक्रम सम्पन्न

बागलुङ । बडिगाड डोजोले आज एक कार्यक्रमका विच बल्याक बेल्ट दिक्षान्त तथा ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । ७२ जना खेलाडि सहभागि ग्रेडिङ कार्यक्रममा हवाईट बेल्टतर्फ ६० जना, ओरेन्ज बेल्टतर्फ ८ र ग्रिन बेल्टतर्फ ४ जना सहभागि थिए । सो अबसरमा बडिगाड गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष…

बडिगाड डोजोकाे बल्याक बेल्ट दिक्षान्त तथा ग्रेडिङ कार्यक्रम सम्पन्न
बागलुङ । बडिगाड डोजोले आज एक कार्यक्रमका विच बल्याक बेल्ट दिक्षान्त तथा ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । ७२ जना खेलाडि सहभागि ग्रेडिङ कार्यक्रममा हवाईट बेल्टतर्फ ६० जना, ओरेन्ज बेल्टतर्फ ८ र ग्रिन बेल्टतर्फ ४ जना सहभागि थिए । सो अबसरमा बडिगाड गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णु प्रसाद आचार्यले बडिगाड डोजोले खेल क्षेत्रमा अभिन्न भुमिका निवार्ह गरेको बताउदै आगामि दिनहरुमा पनि खेल क्षेत्रको सफलताको लागि वडा सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजन कुमार पाईजाले सबै खेलाडि र खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने अभिभावकलाई धन्यवाद दिदै खेलाडिलाई पारिवारिक सहयोग पनि निरन्तर गरिरहन र हौसला थप्न पनि आग्रह गरे । प्रशिक्षार्थीको अभिभावकहरुको पनि उपस्थिति रहेको कार्यक्रमका अबसरमा सहभागिलाई प्रमाण प्रत्र समेत वितरण गरिएको थियो ।