गुल्मीमा भेटिएको शवको पहिचान खुल्यो !

गुल्मी । गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए । आज बिहान १० बजे तिर गाई हेर्न गएका स्थानीयले कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए । उक्त कंकाल मुसिकोट न…

गुल्मीमा भेटिएको शवको पहिचान खुल्यो !
गुल्मी । गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए । आज बिहान १० बजे तिर गाई हेर्न गएका स्थानीयले कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए । उक्त कंकाल मुसिकोट नगरपालिका १ बस्ने ७९ वर्षीया सेती खातिको रहेको वडा अध्यक्ष कुवरले उल्लेख गरे । शवको पोस्ट मार्टमको लागि अहिले गुल्मी अस्पताल तम्घास ल्याईएको छ ।