बाग्लुङका युवाले श्रीमती र छोरीको हत्या गरी आत्महत्या गरे !

खिमराज चालिसे, चंडिगढ / भारतको चंडिगढस्थित किसनगढ भगवानपुरा गाउँमा एक नेपाली परिवारका तीनजना एउटै कोठामा शंकास्पद अवस्थामा मृत फेला परेका छन् । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–४, नुवाकोटका २६ वर्षीय रेशम विक, उनकी श्रीमती २४ वर्षीय पूजा र तीन वर्षीया छोरी शिवाङ मृत भेटिएका हुन्…

बाग्लुङका युवाले श्रीमती र छोरीको हत्या गरी आत्महत्या गरे !
खिमराज चालिसे, चंडिगढ / भारतको चंडिगढस्थित किसनगढ भगवानपुरा गाउँमा एक नेपाली परिवारका तीनजना एउटै कोठामा शंकास्पद अवस्थामा मृत फेला परेका छन् । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–४, नुवाकोटका २६ वर्षीय रेशम विक, उनकी श्रीमती २४ वर्षीय पूजा र तीन वर्षीया छोरी शिवाङ मृत भेटिएका हुन् । सोमवार बन्द कोठामा तीनै जना मृत फेला परेका र कुनै सुसाइड नोट फेला नपरेको प्रहरीले जनाएको छ । पुजा यही १२ अगस्त २०२२ का दिन मात्रैनेपालबाट छोरीलाई लिएर चंडिगढ आएकी थिइन् । प्रारम्भिक अनुसन्धानमा श्रीमतीप्रति शंकाको आधारमा रेशमले श्रीमती र छोरीको गला दबाएर हत्या गरेपछि आफू पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीको आशंका छ । अहिले तीनै जनाको शवलाई सेक्टर १६ चंडिगढको सरकारी अस्पतालमा राखिएको छ । थप पुलिस अनुसन्धान चलिरहेको छिमेकी किसनले बताएका छन् । चंडिगढबाट प्रकाशित हुने पत्रपत्रिकाहरुले श्रीमतीको अवैध सम्बधको आशंकाले छोरी र श्रीमतीको हत्या गरी रेशमले आत्महत्या गरेको बताएका छन्। यस्तै, लकडाउनमा नोकरी गएका कारण हैरान भएका उनी श्रीमती बिरामी भएका कारण थप तनावमा पुगेर यस्तो कदम उठाएको ‘चंडिगढ’ ले जनाएको छ । मृतक रेशम गलकोट नगरपालिका–४ निवासी खिम बहादुर विकका छोरा हुन् । मुल कुराबाट साभार गरिएको