लागु औषध सहित बडिगाडका रोका पक्राऊ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले अबैध लागु औषध खरिद बिक्रि वितरण गरेको आरोपमा बडिगाड गाउँपालिका–७ बस्ने गगन रोकालाई पक्राउ गरेको छ । अवैध लागु औषध खरिद विक्रि वितरण गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । अवैध लागु औषध चरेश खरिद बिक्रि वितरण गरेको भन्ने विशेष सूचनाको आधारम…

लागु औषध सहित बडिगाडका रोका पक्राऊ
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले अबैध लागु औषध खरिद बिक्रि वितरण गरेको आरोपमा बडिगाड गाउँपालिका–७ बस्ने गगन रोकालाई पक्राउ गरेको छ । अवैध लागु औषध खरिद विक्रि वितरण गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । अवैध लागु औषध चरेश खरिद बिक्रि वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनको घरमा गई चेकजाँच गर्ने क्रममा निजको कोठामा रहेको खाटमुनि निलो पालोथिन र प्लास्टिकको झोलामा पेप्सिको बोटल जस्तो देखिने बाँस (निगाल) जडान गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । बरामद गरिएको निलो पालोथिनमा लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ २ सय ७० ग्राम र एक थान हुक्का फेला परेको छ । उनलाई थप अनुसन्धानको लागि ५ दिन थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । ईपरी न्यूज