कमल पौडेल, बागलुङ - मुसिकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दादुरा रुबेला खोप अभियान सम्बन्धि नगर स्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरुको १ दिने गोष्ठी वामीटक्सारमा सम्पन्न भएको छ। सो गोष्ठीको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले मुसिकोट भित्र कोहिपनि रुवेला र दादुराको प्रकोपवाट ग्रसित नहुन गोष्ठीले सहयोग गर्ने बताउनु भएको छ। दादुरा, रुबेला विरुद्ध लड्न सवै तयार हुनुपर्ने भन्दै खोप कार्यक्रम सफल बनाउन सवैलाई आह्वान गर्नुभएको छ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारी, सहित जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, सञ्चारकर्मि लगाएतको सहभागिता रहेको थियो। सो कार्यक्रमको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका डाक्टर भवानी शर्मा र मुसिकोट स्वास्थ्य शाखा प्रमुख डिवि जिसि ले सहजिकरण गर्नुभएको थियो।
रुवेला र दादुरा विरुद्ध नेपाल सरकारले प्रदेश नं. १, २ र ५ मा खोप कार्यक्रम संचालन गर्न लागेको हो। ९ महिना देखि ५ वर्ष सम्मका बालवालिकालाई यहि फागुन १८ गते देखि २६ गते सम्म तालिम प्राप्त स्वास्थ्यकर्मि मार्फत खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मुसिकोट नगरपालिकाले पनि राष्ट्रिय कार्यक्रम अनुरुप खोप कार्यक्रम सञ्चालन गर्ने मुसिकोट नगरपालिका स्वास्थ्य प्रमुख डिवि जिसिले जानकारी दिनुभएको छ।
मुसिकोटमा दादुरा रुबेला खोप अभियान सम्बन्धि नगरस्तरीय गोष्ठी सम्पन्न ।।
कमल पौडेल, बागलुङ - मुसिकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दादुरा रुबेला खोप अभियान सम्बन्धि नगर स्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरुको १ दिने गोष्ठी वामीटक्सारमा सम्पन्न भएको छ। सो गोष्ठीको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले मुसिकोट भित्र कोहिपनि…
