बागलुङमा खोलाले बगाएर एकजनाको मृत्यु

बागलुङ । बागलुङमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-२ सलामकोट बस्ने १९ वर्षीया सुनिता महत खत्रीको निसीखोला गाउँपालिका–२ पाखुटेस्थित निसीखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । आफ्नै छोरा दुई वर्षीय सुलभ खत्रीलाई बोकी निसीखोला गाउँपालिका-१ फुपुको घरमा…

बागलुङमा खोलाले बगाएर एकजनाको मृत्यु
बागलुङ । बागलुङमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-२ सलामकोट बस्ने १९ वर्षीया सुनिता महत खत्रीको निसीखोला गाउँपालिका–२ पाखुटेस्थित निसीखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । आफ्नै छोरा दुई वर्षीय सुलभ खत्रीलाई बोकी निसीखोला गाउँपालिका-१ फुपुको घरमा जाने क्रममा उक्त खोलाले दुवै जनालाई बगाउँदा घटनास्थलबाट करिब ५०० मिटर तल सोही खोलाको किनारमा उनको शव फेला परेको हो । साथै, घाइते भएका उनको छोरालाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको छ ।