बडिगाडकी थानकुमारीलाई उपचारमा आर्थिक समस्या भएपछि सहयोगको अपिल

बडिगाड अनलाइन । बागलुङको बडिगाड गाउँपालिका वडा नं ७ स्थित थानकुमारी केसीलाई ब्लड क्यान्सर भएर उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् । हाल भारतको पञ्जाब स्थित ओस्वाल अस्पतालमा उपचाररत उहाँको उपचारमा आर्थिक अभाव भएकाले छोरा दिनेश शर्माले सबैसगं सहयोगको याचना गर…

बडिगाडकी थानकुमारीलाई उपचारमा आर्थिक समस्या भएपछि सहयोगको अपिल
बडिगाड अनलाइन । बागलुङको बडिगाड गाउँपालिका वडा नं ७ स्थित थानकुमारी केसीलाई ब्लड क्यान्सर भएर उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् । हाल भारतको पञ्जाब स्थित ओस्वाल अस्पतालमा उपचाररत उहाँको उपचारमा आर्थिक अभाव भएकाले छोरा दिनेश शर्माले सबैसगं सहयोगको याचना गर्नुभएको हो । अचानक शरीरमा निलो धब्बा र त्यसको केहिदिन लगत्तै मुखबाट रगत बग्ने समस्या देखापरेपछि परिवारले बुर्तिबाङ अस्पताल पुर्याएका थिए । त्यहाँबाट रिफर गरि मणिपाल अस्पताल पोखरा लगिएको र त्यहापनी समस्या पत्ता नलागी भारत पन्जाब स्थित ओस्वाल अस्पतालमा पुर्याइ चेकजाच गर्दा रक्त क्यान्सर देखिएको शर्माले बताउनुभयो । ब्लड क्यान्सरको उपचार धेरै महङ्गो हुने र घरको आर्थिक अवस्था सामान्य रहेको तथा भएको अलिअलि पैसा पनि सकिएकाले सहयोगको याचना गर्नुपरेको उहाँले बताउनुभयो । “कतिपय ले क्यान्सर निको हुदैन पनि भन्नुहुन्छ तर एउटा छोराले आफ्नो मम्मी घरको ओछ्यान मा छ्ट्पटाएको हेर्न गाह्रो हुने हुदा अस्पताल भर्ना गर्नुपर्ने बाध्यता पनि मसङ्ग रहेको छ र सास रहुन्जेल आस हुदोरहेछ एकथुकी सुकि सयथुकी नदि भन्छन तसर्थ इच्छुक ब्यक्तिलाइ स्वेच्छिक सहयोगको लागि अनुरोध गर्दछु -शर्माले भन्नुभएको छ ।” उहाँले समाजसेवी तथा अभियन्ताहरुलाइ सहयोगको लागि अभियान सन्चालन गरि जीवन रक्षा गरिदिन पनि उहाँले सबैसगं आग्रह गर्नुभएको छ । सहयोगका लागि छोरा दिनेश शर्माको सम्पर्क नम्बर ९८४६८२८७५३ मा सम्पर्क गर्न सकिनेछ ।