बडिगाड गाउँपालिकामा लाईसेन्स नभएका कर्मचारीले चलाएको सरकारी बाईक दुर्घटना

काठमाडौं । बडिगाड गाउँपालिकाको बाइक दुर्घटनामा घाइते भएका एक जनाको अवस्था चिन्ताजनक रहेको छ । मंगलबार साँझ खार बजारदेखि खाल जाँदै गरेको ध१ब ६२३ नम्बरको बाइक दुर्घटनामा घाइते भएका महेन्द्र जिसीको अवस्था चिन्ताजनक रहेकाे मनिपाल अस्पताल पोखराका वरिष्ठ न्यूरो सर्जन बालगोपाल कर्मचार्य…

बडिगाड गाउँपालिकामा लाईसेन्स नभएका कर्मचारीले चलाएको सरकारी बाईक दुर्घटना
काठमाडौं । बडिगाड गाउँपालिकाको बाइक दुर्घटनामा घाइते भएका एक जनाको अवस्था चिन्ताजनक रहेको छ । मंगलबार साँझ खार बजारदेखि खाल जाँदै गरेको ध१ब ६२३ नम्बरको बाइक दुर्घटनामा घाइते भएका महेन्द्र जिसीको अवस्था चिन्ताजनक रहेकाे मनिपाल अस्पताल पोखराका वरिष्ठ न्यूरो सर्जन बालगोपाल कर्मचार्यले जानकारी दिए । ‘अवस्था चिन्ताजनक छ, अहिले भेन्टिलेटरको सहायताले राखेका छौं,’ उनले भने, ‘ उहाँका आफ्नत भोलि आउने कुरा भएकाले बाँकी भोलि नै भन्छौं।’ जिसीकाे टाउँको गम्भीर चोट लागेका कारण बुधबार साँझ अपरेशन गरिएको थियो । माेटरसाइक चालक बडिगाड गाउँपालिकाका शव इन्जिनियर माेहन रमौली बुधबार सामान्य उपचारपछि डिस्चार्ज भएका थिए । रमाैलीकाे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना भएको माेटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । न्यूज खरी