के यहि अवस्था देख्नकै लागि थियो जनता ले गणतन्त्र र सङ्घियता को लागि बलिदानी दिएको?

आज दिनभर जसो एकतस्बिर सामाजिक संजाल मा भाइरल बन्यो जुन थियो जैमिनी नगरपालिका का नगरप्रमुख इन्द्रराज पौडेल को। शनिबार बिहान मात्र बाग्लुङ जिल्ला जैमिनी नगरपालिका कुस्मिसेरा मा आयोजना भएको राष्ट्रपती रनिङ्गशिल प्रतियोगिता मा आयोजना गरिएका बिबिध खेलकुद प्रतियोगिता को उद्घाटन गर्न पु…

के यहि अवस्था देख्नकै लागि थियो जनता ले गणतन्त्र र सङ्घियता को लागि बलिदानी दिएको?
आज दिनभर जसो एकतस्बिर सामाजिक संजाल मा भाइरल बन्यो जुन थियो जैमिनी नगरपालिका का नगरप्रमुख इन्द्रराज पौडेल को। शनिबार बिहान मात्र बाग्लुङ जिल्ला जैमिनी नगरपालिका कुस्मिसेरा मा आयोजना भएको राष्ट्रपती रनिङ्गशिल प्रतियोगिता मा आयोजना गरिएका बिबिध खेलकुद प्रतियोगिता को उद्घाटन गर्न पुगेका जैमिनी नगरपालिका का प्रमुख इन्द्रराज पौडेल ले खेलाडी हरुले सलामी दिदा भुइ बाटै सलामी ग्रहण गर्दा अपमान हुने भन्दै टेबुल मा चढेर सलामी ग्रहण गरेपछी अहिले उक्त तस्बिर सामाजिक सन्जाल मा भाइरल बनिरहेको छ। उता नगरप्रमुख पौडेल ले भने सामाजिक सन्जाल फेसबुक मार्फत यो रहर नभइ खेलाडी को सम्मान को लागि गरेको बताएका छन भने यता सामाजिक सन्जाल प्रयोगकर्ता आम मानिसहरुले भने केही सार्बजनिक ब्यक्तिहरुको यस्तै व्यवहार ले गणतन्त्र र सङ्घियता को उल मर्म माथी प्रहार गरेको टिप्पणी गरिरहेका छन। यो खालको तस्बिरहरु अन्य ठाउबाट पनि आइरहे पनि बाग्लुङ जिल्लाको भने यो पहिलो घटना भएको पाइएको छ।