- अस्मिता थापा
त्यो अघिको बाबा आमाले भोग्दै आएको पिडाको भारी । खै बुझेको त्यो बाबाको पसिना र सघर्ष ?खै बुझेको त्यो आमाको प्रशव पिडासगैँ पिछा लागेका हजारौं पिडाहरु? आज अधिकांश ठाउँको गाउँ सहरमा हेर्दा अझै विशेषगरी गाउँको परिवेशमा हेर्दा बाबा आमा एक्लै रहेको पाइन्छ । घर कुर्ने चौकिदार, बच्चा हेर्न राखेका रखौटे र स्कुलबाट घर र घरबाट स्कुललै जाने सवारीमै सिमित देखिन्छन् । धेरैजसो बस्तीहरुमा पहिले खचाखच टनाटन छोरा बुहारि नातिनातीनाले भरिपूर्ण घर आज आमा बाबा मात्रमा अडिएको छ ।
यो हुनुको मुख्य कारण बैदेशिक रोजगार देखिन्छ । त्यस्को साथ साथै उच्च शिक्षा, गुणस्तरीय शिक्षाको खोजी र सुख सुविधाको खोजीमा बसाइँसराइ ।अर्को तिरको कारण खोज्दा सामान्य एउटा गाउँको अवस्थाको आकलन गर्दा अधिकांश एकल आमाहरुको गुनासो विविध छन् । जस्तै सतिप्रथा सम्झनिने, बुडाले छोडेपछि दुखपाएका गुनासा, औषधि उपचारमा भत्ताको पैसाबाट आफै निर्भर रहनुपर्ने बाध्यता,आत्मसम्मानको कमि, रुखोबोली र नमिठो ब्यबहारले आफूलाई परेको पिर । त्यसैगरी बुढेसकालमा आफ्ना हातखुट्टा चल्न छोडेसि परिवार कै सदस्यमा आश्रित रहनुपर्ने बाध्यता । जसले गर्दा जति मनमा वाण हान्ने बचन लगाएपनि चुपचाप रहेको बताए । यसैगरी नेपालको कानुनी व्यवस्था हेर्दा, नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यबस्था छ । जसअनुसार ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनिएको छ । सोही अनुरुप ज्येष्ठ नागरिकलाई राज्यले भत्ता दिइरहेको छ । त्यसको उपयोग गर्नु स्वयमको अधिकार रहेको हुन्छ तर त्यसको उपभोग वृर्दाले मात्र नगरेर परिवारका सदस्यले पनि गरेको पाइन्छ । त्यसैले ज्येष्ठ नागरिकले प्राप्त गरेको मासिक भत्ता निजले आफुखुसी गर्न पाउने कानूनी प्रबन्ध गर्नुपर्छ । किनभने यो समाजमा त्यही वृद्दा आमाबाबाको मासिक भत्तामा पनि गिद्दे नजर लगाउने परिवारका सदस्यहरु धेरै छन् । जस्ले गर्दा ज्येष्ठ नागरिक एकदमै मारमा परेको पाइन्छ। त्यसैगरी सासुबुहारी बिचको बेमेलले गर्दा बुहारी एक्लै, छोरो प्रदेश र सासु एक्लै रहेको पाइन्छ। आखिर किन यस्तो भनेर समाजको बेमेलको विषय केलाउदा । सदियौ देखि अन्धविस्वास र पृतृी सतसत्मक सोचको पानी घट्टामा पिसिदै आएको लैंगिक विभेद र असमानताको ठुलो घान भेटिन्छ । त्यो समस्याले गर्दापनि अधिकांश बुढाबुढी एक्लै रहेको पाइन्छ। यहि कुरा लेखि रहदा मलाइ एउटा कुराले याद दिलायो । केहि वर्ष पहिले नेपाल ल क्याम्पसमा मिनिथेसिसको शोसपत्र थियो । शिर्षक थियो 'घरेलु हिंसा' । मलाई प्रश्न सोधिएको थियो, तपाइलाई के लाग्छ ? घरेलु हिंसा के कारणले भैरहेको छ ? मैले सजिलै जवाफ दिए कारण त धेरै छन् । तर त्यो मध्येको मुख्य कारण अशिक्षा, गरिबी र अन्धविस्वास हो । त्यसमा फेरि प्रश्न सोधियो । के समाजमा अशिक्षित मात्र हिंसामा छन् ? शिक्षित घरेलु हिंसामा छैनन् ? मेरो जवाफ थियो । हैन समाजमा घरेलु हिंसामा शिक्षित पनि छन् । किनभने यदि कुनै घरमा बुहारी शिक्षित छ छोरा शिक्षित छ । त्यसै गरि सासु अथवा अन्य कुनै सदस्य अशिक्षित छ भने उस्ले मैले पहिला पुरानो जमनामा बुहारी हुदा जे गरे जे दमन सहेर आए । बुहारी मान्छे त यस्तो गर्नुपर्ने उस्तो गर्नुपर्ने भनेर जुन जहानिया राणासासन भन्दा नि कडा सासनको दलदलमा बुहारिलाई खसाउन खोज्छ । त्यसपछि शिक्षित बुहारी अह योत हुदै हुदैन । अब पनि हामि शिक्षित बुज्रुक सचेत कले समाज परिवर्तन नगरे । त्यहीँ १३ औ शताब्दिको कुरा फलो गर्ने हो भने । हामी आजको २१ शताब्दीमा आइसकेर त्यही सोचले दिमाग भर्ने हो भने अबको छोरी पुस्ताको भविष्य कता तिर ढलकिन् ? त्यसको जवाफमा अर्कोथरि आवाज निस्क्न्छ र झगडा हुन्छ । यसरि एउटा शिक्षित नागरिक हुदाहुदै पनि पृतृ सतात्मक सोचले गाडेको जरा बलियो हुदा समाजमा बुहारीहरु सासु ससुरासगँ बस्न नस्क्ने हुन्छ । त्यसको परिणाम अल्गिएर टाढा जादा वृद्धाजेष्ठनागरिकहरु पारिवारिक दुरव्यबहारमा परि दिनानुदिन एक्लो जिवन बिताएका छन् । त्यो पनि गाउँका अन्कन्टार बस्तीहरुमा । आज भोलि, आफूसँग कुनै सम्पत्ति नभएका ले सन्तानको आय आर्जनमा बाच्न बाध्य ज्येष्ठ नागरिक मात्रै पारिवारिक दुर्व्यवहारमा परिरहेका छैनन् । त्यहा आफूसँग बाचुन्जेल खान-लगाउन पुग्ने सम्पत्ति , पेनसन, सुनचादी र बैक व्यालेन्स भएका ज्येष्ठ नागरिकहरु पनि पारिवारिक दुर्व्यवहारमा परिरहेका छन् । समाजमा अहिले यो सबैभन्दा ठुलो मुद्दाको विषय बनेको छ। अर्को तिर गरिबिको भारिले पिल्सिएर छोराबुहारीलाई रोजगारको शिलशिलामा राजिखुसी प्रदेश पठाउदा एक्लो हुनुको बाध्यता छ । यसरि विविध कारणहरुले सुनसान बस्तीमा बृद्राहरुको एक्लौटी जिवन बल्लतल्ल गुज्रिरहेको छ। हामिले यसो देखि रहदा लाग्छ सक्छ कतै नेपाल सरकारले ज्येष्ठ नागरिक सम्बन्धि भत्ता दिने काम बाहेक केहि गरेन ? त्यो पक्कै होइन्। प्रयास चाहिँ धेरै गरेकै हो नेपालमा ज्येष्ठ नागरिको अधिकार र कल्याणको लागि । कानुनी रुपमा थुप्रै व्यवस्था गरिएका छन् । नेपालको कानुनी व्यवस्थामा जष्ठे नागरिक सम्बन्धी ऐन, २०६३ र ज्येष्ठ नागरिक सम्बन्धि नियमावली, २०६५ मा ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरछा गर्ने सन्दर्भमा विभिन्न नियमहरु ऐन तथा नियमावलीमा उल्लेख गरिएको छ । ''ज्यष्ठे नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुनेछे।'' त्यसैगरी नेपालको संविधानको मौलिक हकको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरछाको हक हुनेछ भनी उल्लेख गरिएको छ। यसैगरी ज्येष्ठ नागरिक ऐन, २०६३ मा ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने, ज्येष्ठ नागरिकलाई परिवारले पालन पोषण गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी पालन पोषण नगरे ज्येष्ठ नागरिकले सम्बन्धित गाउँपालिका/ नगरपालिका तथा स्थानीय निकायमा गएर उजुरी गर्न सक्ने र पालनपोषण नगर्नेलाई कारबाही हुने व्यवस्था उल्लेख गरिएको छ । यसै गरी ज्येष्ठ नागरिकले आफ्नो सम्पत्ति आफु खुसी गर्न पाउने, ज्येष्ठ नागरिकलाई भिछा माग्न लगाउन नहुने । सार्वजनिक सेवामा ज्येष्ठ नागरिकलाई छुट जस्ता प्रावधान स्पष्ट रुपमा उल्लेख छ । यसैगरी ज्येष्ठ नागरिको मुद्दाको विषयमा सुनुवाइ छिटो गर्नुपर्ने, ज्येष्ठ नागरिकको अधिकार हनन गरेमा त्यसको मुद्दा सरकारवादी हुने जस्ता विविध व्यवस्थाहरु ऐनमा उल्लेख रहेका छन् । तर राज्यमा यति धेरै नितिनियम हुदाहुदै पनि ज्येषठ नागरिकको अबस्था सुखदको सट्टा दुखद देखिन्छ । राष्ट्रिय समावेशि आयोगले गरेको ' ज्येष्ठ नागरिक सम्बन्धमा नेपालमा भएको कानुनी व्यवस्था, त्यसको कार्याव्नयनको अवस्था ' सम्बन्धि अनुसन्धान प्रतिवेदन २०७८ नै भन्छ । ज्येष्ठ नागरिकहरु अपहेलित हुने क्रम बढ्दो छ । यस्को मुख्य कारण फितलो कानुनी व्यवस्था र अनुगमनको कमिले गर्दा पनि कानुनमा व्यवस्था भएता पनि त्यसको समुचित कार्याव्यनन भएको पाइदैन । तर जे जस्तो भएता पनि सम्पुर्ण कुरा राज्यमा भर नपरी आजैबाट आफैबाट शुरुवात गरौ। आजको बालक भोलिको वृर्दा हो । त्यसैले एकदिन सृष्टिको नियम र चक्रसगैँ सम्पुर्णमा नव वृर्दा बन्नै पर्छ । यो कुरा मनन गर्नु हरेक नागरिकको कर्तव्य हो । त्यसैले हृद्यको अन्तर कुनाबाट नै श्रदाले शिर निउराउदै वृर्दाहरुको आदर, सम्मान र पालन पोषण गरौ। आजैबाट हामीले ज्येष्ठ नागरिकको सम्मान गर्यौ भने मात्र भावि पुस्ताले पनि यहि सस्कार सिकेर ज्येष्ठ नागरिकको सम्मान गर्नेछ । त्यसैले पछि हाम्रो वृदावस्थाको जीवन कस्तो गराउने भन्ने कुरा हाम्रै हातमा छ । त्यसैले ज्येष्ठ नागरिकलाई आच पुरयाउने दुख दिने व्यवास्था गर्ने बानी आजैबाट भगाउ । वृर्दाहरुलाई सहयोगी हात र भावनात्मक साथ दुबैको खाचो हुने भएकाले उनीहरुलाई मानिसहरुसगँ भेटघाट हुने दुख सुख साटासाट गर्ने वृर्दामैत्री वातावरणमा चौतारी निर्माण गरौ । बाबा आमा भलाकुसारी घर निमार्ण गर्न स्थानीय निकायले पहल गरौ । प्रत्येक वडामा त्यो व्यवस्था गरेमा ज्येष्ठ नागरिकलाई धेरै राहत हुने थियो । यसैगरी सरकारले स्थानीय निकायको गाउँपालिका नगरपसलिका वडाहरुमा ज्येष्ठ नागरिकको गुनासो सुन्ने , गोप्य सुचना सङंकलन व्यवस्था र कार्वनयन अनुगमन गर्न जरुर छ । जस्ले गर्दा दुख पाएका, अधिकारबाट बन्चित ज्येष्ठ नागरिकहरुको मुहार फेरिने थियो । त्यसैले सरकारबाट परिचालित नाम मात्रको ज्येष्ठ नागरिक दिवा सेवा, ज्येष्ठ नागरिक कल्याण सेवाको पेपरमा मात्र निरीक्षक गरेर जनताको आखामा छारो हाल्दै वृर्दाहरुलाइ दुख नदिउ र आजैबाट स्थानीय स्तरमा ज्येष्ठ नागरिक प्रति हुने भेदभाव विरुद्ध बुलन्द आवाज उठाउ
जय मातृ देवो भव !
