देवकुमार नेपाालीको सामान रातारात लैजान खोज्दा स्थानीयको अवरोध

बचतकर्ताको अरवौ रकम हिनामिना फरार ढोरपाटन नगरपालिका मेयर देवकुमार नोपलीको घरसायी सामान लैजादै गएको अवस्थामा स्थानीयले रोकेका छन् । बुर्तिबाङ स्थित होटल दरबार र उनी बस्दै आएको घरको सामान शनिबार रातारात उठाएर लैजादै गर्दा नेपालीका आफन्तलाई स्थानीय सहकारी पीडितले अवरोध गरेका हुन् ।…

देवकुमार नेपाालीको सामान रातारात लैजान खोज्दा स्थानीयको अवरोध
बचतकर्ताको अरवौ रकम हिनामिना फरार ढोरपाटन नगरपालिका मेयर देवकुमार नोपलीको घरसायी सामान लैजादै गएको अवस्थामा स्थानीयले रोकेका छन् । बुर्तिबाङ स्थित होटल दरबार र उनी बस्दै आएको घरको सामान शनिबार रातारात उठाएर लैजादै गर्दा नेपालीका आफन्तलाई स्थानीय सहकारी पीडितले अवरोध गरेका हुन् । नेपालीकै निर्देशनमा घरयासी सामान लान खोजिएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् । सहकारी बन्द गराएर फरार भएको शनिबार २३ दिन हुँदै गर्दा आफन्तले सामान निकाल्न खोजेपछि स्थानीयले रोकेका थिए । पीडित बचतकर्ताहरुले अरवै रकम ठगेर फरार नेपाली उनका आफन्तको सम्पर्कमा रहेकोले तत्काल अनुसन्धान गरि पक्राउ गर्न माग गरेका छन् । पीडितहरुले नेपालीलाइ पटक पटक अवसर दिदा पनि थप परिवारका सदस्यहरुको समेत मिलेमतो सहकारीको सम्पत्ती र देवकुमार नेपालीको सम्पत्ती जोगाउन लागि परेका छन् । नेपालीका भतिजले आफ्नो सामान निकाल्न खोजेको समयमा स्थानियले अवरोध गरेपछि सामान लान रोक लगाएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । Hiddenkhabar