बडिगाडमा भीरबाट लडेर एकजनाको मृत्यु

मनोज पाण्डे , बडिगाड । बागलुङको बडिगाड गाउँपालिकामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नं ४ जलजलाका दुर्गा काउचाको भीरबाट लडेर मृत्यु भएको बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । लबधी खोला सिँचाइ कुलोको बाँध नजिकै भिरबाट…

बडिगाडमा भीरबाट लडेर एकजनाको मृत्यु
मनोज पाण्डे , बडिगाड । बागलुङको बडिगाड गाउँपालिकामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नं ४ जलजलाका दुर्गा काउचाको भीरबाट लडेर मृत्यु भएको बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । लबधी खोला सिँचाइ कुलोको बाँध नजिकै भिरबाट खसेका उनको घटनास्थलमै ज्यान गएको हो ।