गलकोट नगरपालिकाले सडक अतिक्रमण गरेर बनाईएका संरचनामा डोजर चलायो

बागलुङ : बागलुङको गलकोट नगरपालिकाले सडकको मापदण्ड विपरित निर्माण भएका अवैध संरचनामा डोजर चलाएको छ । नगरपालिकाले हटिया, हरिचौर ताराखोला हुँदै म्याग्दी जोड्ने सडक अन्तर्गत राजाको पुलदेखि गौँदिखोला पुल सम्मको सडक मिचेर बनाईएका अवैध संरचनाहरु भत्काईएको गलकोट नगरपालिकाका नगर प्रमुख भर…

गलकोट नगरपालिकाले सडक अतिक्रमण गरेर बनाईएका संरचनामा डोजर चलायो
बागलुङ : बागलुङको गलकोट नगरपालिकाले सडकको मापदण्ड विपरित निर्माण भएका अवैध संरचनामा डोजर चलाएको छ । नगरपालिकाले हटिया, हरिचौर ताराखोला हुँदै म्याग्दी जोड्ने सडक अन्तर्गत राजाको पुलदेखि गौँदिखोला पुल सम्मको सडक मिचेर बनाईएका अवैध संरचनाहरु भत्काईएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । ९ मिटर मापदण्ड रहेको उक्त सडकमा बनेका अबैध संरचनाहरु जनप्रतिनिधि, प्रहरी प्रशासन र स्थानीयको सहयोगमा अभियानलाई अगाडि बढाईएको गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले बताउनुभयो । नगरपालिकाले यस अघि अवैध संरचना हटाउनको लागि आग्रह गर्दै ३५ दिने सार्वजनिक सुचना प्रकाशन गरेको थियो । दास्रो चरणमा नगर भित्र रहेका अन्य वडामा यो अभियानलाई सबैसँग समन्वय गरेर निरन्तर अगाडि बढाईने गलकोट नगरपालिकाले जनाएको छ । रेडियो गलकोट