बागलुङमा लागु औषध कसुरका फरार प्रतिवादी पक्राउ

बागलुङ । अदालतबाट दोषी ठहर भई फरार प्रतिवादी बागलुङको तमानखोला गाउँपालिका २ का ६७ वर्षीय चाउरे बि.क भनिने रत्न प्रसाद कामीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बोंगादोभानबाट खटिएको प्रहरी टोलीले उनलाई आईतबार पक्राउ गरेको हो । उनीविरुद्ध गुल्मी जिल्ला अदालतले लागु औषध कसुर मुद…

बागलुङमा लागु औषध कसुरका फरार प्रतिवादी पक्राउ
बागलुङ । अदालतबाट दोषी ठहर भई फरार प्रतिवादी बागलुङको तमानखोला गाउँपालिका २ का ६७ वर्षीय चाउरे बि.क भनिने रत्न प्रसाद कामीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बोंगादोभानबाट खटिएको प्रहरी टोलीले उनलाई आईतबार पक्राउ गरेको हो । उनीविरुद्ध गुल्मी जिल्ला अदालतले लागु औषध कसुर मुद्दामा १ महिना कैद र ७ हजार जरिवाना ठहर गरेको थियो । मिति २०७९ असार २६ गते भएको फैसला लगत्तै उनी फरार थिए । उनलाई जिल्ला अदालत बागलुङ पठाईएको प्रहरीले जनाएको छ ।