पहिरोका कारण अवरुद्ध रिडी-रुद्रवेणी सडक खुल्याे

गुल्मी । गुल्मीमा पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर अन्तर्गत रिडी-रुद्रवेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधवार रातिदेखि याे सडक बन्द भएको थियो । स्थानीय प्रशासन र रुरुक्षेत्र गाउँपालिकाको पहलमा २० घण्टापछि एक्स्काभे…

पहिरोका कारण अवरुद्ध रिडी-रुद्रवेणी सडक खुल्याे
गुल्मी । गुल्मीमा पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर अन्तर्गत रिडी-रुद्रवेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधवार रातिदेखि याे सडक बन्द भएको थियो । स्थानीय प्रशासन र रुरुक्षेत्र गाउँपालिकाको पहलमा २० घण्टापछि एक्स्काभेटरको सहयाेगमा सडकमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयाे । रिडी–रुद्रवेणी-वामीटक्सार हुँदै बाग्लुङको बुर्तिवाङसम्म पुग्ने याे सडक बन्द हुँदा पाल्पा, बुटवलबाट छुटेका गाडी बीच बाटौमै रोकिँदा यात्रु समस्यामा परेका थिए । सडक खुलेसँगै दुवैतर्फका गाडी गन्तव्यतर्फ लागेका छन् । याे सडक गुल्मीमा सबैभन्दा बढी गाडी आउजाउ हुने सडक खण्ड अन्तर्गत पर्छ ।