दिपेन्द्र सिंह ऐरी सहायक हवल्दारमा बढुवा

काठमाडौं । टी–२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका अलराउन्डर दिपेन्द्र सिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । उनी सन् २०१६ देखि नेपाल पुलिसमा आवद्ध थिए र प्रहरी जवानको पोष्टमा थिए । कीर्तिमान प्रशंसास्वरुप उनको बढुवा गरेको नेपाल प्रहरीले जनाएको छ । उनले मंगोलि…

दिपेन्द्र सिंह ऐरी सहायक हवल्दारमा बढुवा
काठमाडौं । टी–२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका अलराउन्डर दिपेन्द्र सिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । उनी सन् २०१६ देखि नेपाल पुलिसमा आवद्ध थिए र प्रहरी जवानको पोष्टमा थिए । कीर्तिमान प्रशंसास्वरुप उनको बढुवा गरेको नेपाल प्रहरीले जनाएको छ । उनले मंगोलियासँगको खेलमा ९ बलमा अर्धशतक बनाउँदै विश्व रेकर्ड बनाएका हुन् ।