रवि लामिछाने बागलुङको गलकोट आउने

सागर भण्डारी, बडिगाड : राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछाने बागलुङको गलकोटमा आउने भएका छन् । पार्टीको संगठन विस्तार कार्यक्रम अन्तर्गत यही असौज २३ गते गलकोटको हटिया बजारमा हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्न उनी गलकोट आउन लागेका हुन् । रास्वपा बडिगाड वडा नं ५ व…

रवि लामिछाने बागलुङको गलकोट आउने
सागर भण्डारी, बडिगाड :  राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछाने बागलुङको गलकोटमा आउने भएका छन् । पार्टीको संगठन विस्तार कार्यक्रम अन्तर्गत यही असौज २३ गते गलकोटको हटिया बजारमा हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्न उनी गलकोट आउन लागेका हुन् । रास्वपा बडिगाड वडा नं ५ वडा कार्यसमितिले दिएको जानकारी अनुसार उक्त दिन हटिया बजारमा पार्टीको अभियानबारे लामिछानेले सम्बोधन गर्नेछन् । राष्टिय स्वतन्त्र पार्टीले उक्त कार्यक्रममा उपस्थित हुन सम्पूणर् पार्टीप्रेमी महानुभावहरुलाई अनुरोध गरेको छ ।