बागलुङमा जीपको ठक्करबाट एक महिला घाईते

बडिगाड अनलाइन । बागलुङको बुर्तिबाङमा जीपको ठक्करबाट एक महिला घाईते भएकी छिन् । जिपको ठक्करबाट तमानखोला गाउँपालिका वडा नं ३ की २२ वर्षीय माया श्रीपाली घाईते भएकी हुन् । ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारको धवलागिरी चोक नजिकै लु १ ज ४५७५ नम्वरको जिप ब्रेक फेल भई अनियन्त्रीत हुँदा स…

बागलुङमा जीपको ठक्करबाट एक महिला घाईते
बडिगाड अनलाइन । बागलुङको बुर्तिबाङमा जीपको ठक्करबाट एक महिला घाईते भएकी छिन् । जिपको ठक्करबाट तमानखोला गाउँपालिका वडा नं ३ की २२ वर्षीय माया श्रीपाली घाईते भएकी हुन् । ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारको धवलागिरी चोक नजिकै लु १ ज ४५७५ नम्वरको जिप ब्रेक फेल भई अनियन्त्रीत हुँदा सिर्पालीलाई ठक्कर दिएको थियो । घाईतेको बुर्तिबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जिप अनियन्त्रीत भई घरको पेटिमा ठोक्किएका कारण ठुलो दुर्घटना भने नभएको बताईएको छ ।