४ महिना अगाडी मात्रै बिहे गरेका पवित्रा र सुशील यस्तो अवस्थामा सधैका लागि अस्ताए

काठमाडौं । दाङको तुलसीपुरमा एक नवविवाहीत दम्पती बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको छ । दाङको तुलसीपुरमा डेरा गरी बस्ने सल्यानको त्रिवेणी गाउँपालिका– ४ फलाबाङ २५ वर्षीय सुशील भण्डारी र २१ वर्षीया पवित्रा डाँगी शनिबार कोठाभित्रै मृत फेला परेका हुन् । ‘भण्डारीले पत्नीको हत्यापछि…

४ महिना अगाडी मात्रै बिहे गरेका पवित्रा र सुशील यस्तो अवस्थामा सधैका लागि अस्ताए
काठमाडौं । दाङको तुलसीपुरमा एक नवविवाहीत दम्पती बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको छ । दाङको तुलसीपुरमा डेरा गरी बस्ने सल्यानको त्रिवेणी गाउँपालिका– ४ फलाबाङ २५ वर्षीय सुशील भण्डारी र २१ वर्षीया पवित्रा डाँगी शनिबार कोठाभित्रै मृत फेला परेका हुन् । ‘भण्डारीले पत्नीको हत्यापछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ । शनिबार अबेरसम्म ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फुटाएर हेर्दा दुवै मृत अवस्थामा फेला परेका थिए। गएको असारमा मात्रै उनीहरुले प्रेम विवाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। गाउँमै प्रेम विवाह गरेपछि उनीहरु तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा कोठा भाडामा लिएर बस्दै आएका थिए। बन्द कोठाभित्र भण्डारीको शव झुन्डिएको अवस्थामा र पवित्राको शव ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । भण्डारीले पत्नीको हत्यापछि लेखेको सुसाइड नोट पनि प्रहरीले फेला परेको छ। त्यसमा उनले श्रीमतीले सधैँ किचकिच गरेको उल्लेख गरेका छन्। तर सुसाइड नोटमा भण्डारीको लेखाइ स्पष्ट नभएकाले त्यसबाट सबै विषय खुल्न नसकेको केसीले बताए। विवाहपछि रोजगारी खोज्दै उनीहरु करिब दुई महिनाअघि मात्रै दाङ झरेका आफन्तले बताएका छन्। उनीहरुले तुलसीपुरमा डेरामा बसेर ज्याला मजदुरी गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए।