प्रेम सुनार गुल्मी । श्रीमानको निर्मम हत्या गरेर सिन्दुर पुछिदियो, छोराछोरीको काख खोसिदियो, त्यसैलाई राष्ट्रपतिले कैद सजाए मिनाहमाफी आँसु बगाउँदै नेपालगन्जकी भारती मात्रै होईनन यति बेला अरु धुप्रै भारतीहरु न्याय माग्दै सडकमा हिडेका छन् । तिनै मध्येकी एक हुन गुल्मीको रातामाटा गाउँकी गिता बिक।
जसका श्रीमानलाई भरुवा बन्दुक ठोकेर हत्या गर्ने अभियुक्तलाई केही दिन अघि संविधान दिवसको अवसरमा राष्ट्रपतिले सजाए मिनाहामाफी गरिदिए पछि श्रीमति गिता अश्रुधारा बगाउँदै न्याय माग्न हिडेकी हुन् । गुल्मीमा २०७७ सालमा तीन ठुला र सनसनीपुर्ण हत्याकाण्ड भएका थिए । ती घटनालाई छिनुवा हत्याकाण्ड, भाडगाउ सम्झना बोहरा हत्याकाण्ड , रातामाटा तिल बहादुर बिक हत्याकाण्ड । यी तीन ठुला हत्यकाण्डका तीन महिनादेखि ६ महिनासम्म रहस्यकै पर्दा भित्र रहेर अभियुक्त पत्त लाग्न नसक्दा जिल्लामा आन्दोलनले समेर उग्ररुप लिएको थियो ।
तत्कालीन सिडिओ रुद्रदेवी शर्मा र प्रहरी प्रमुख प्रवीणलाल श्रेष्ठ आलोचनाका पात्र बने । प्रहरी प्रमुख श्रेष्ठलाई सरुवा गरि प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईलाई पठाए पछि तीन वटै घटनाका अभियुक्त पत्ता लगाई कानुनी कठघरमा उभियाईयो । तबदेखि गुल्मेलिहरुमा प्रहरी प्रशासन प्रतिको आस्था बढ्यो र शान्ती सुरक्षाको अनुभुति गर्न थालिएको थियो ।
तर अदालत र रास्ट्रपतिबाट भएको निर्णयले तीन ठुला मध्येको रातामाट हत्याकाण्डका अभियुक्तले छिट्टै उन्मुक्ति पाएको भन्दै जिल्लाका अधिकारकर्मिहरुले यतिबेला आबाज उठाई रहेका छन्। घटना थियो २०७७ माघ २४ गते दिउँसोको । घटनास्थल गुल्मीदरबार गाउँपालिका बलिथुम ओर्याखोला खर्यान थियो । जहाँ घास काट्न लागेका रेसुङ्गा नगरपालिका १४ रातामाटाका ४४ वर्षिय तिलबहादुर बिकलाई गुल्मिदरबार गाउँपालिका १ बलिथुम लुम्पेकगाउँका ३३ बर्षिय पोमबहादुर घर्तीले भरुवा बन्दुक प्रहार गरि हत्या गरेका थिए ।
त्यस विरुद्ध मृतककी श्रीमति गिता बिकले २०७७ फागुन २९ गते जाहेरी दिईन । प्रहरिले निकै ठूलो दु:ख र मेहनत लगाएर हत्या अभियुक्त उनै पेमबहादुर हुन भन्ने ठहर गर्दै २०७७ चैत्र १५ गते पक्राउ गर्यो र गुल्मिजिल्ला अदालतमा मुद्दा दायर गर्यो । पेमबहादुरले भरुवा बन्दुक पड्काएर तिलबहादुरको हत्या मात्रै गरेन्न । इजाजतै नभएको भरुवा बन्दुक चलाएर कानुन कानुन बिपरित काम गरे । उनकै बयान अनुसार मृगलाई मार्न भनि पड्काएको बन्दुक तिलबहादुरलाई लाग्यो । अनि उनी संरक्षित बन्यजन्तु सिकार मुद्दा सहित तीन वटा मुद्दाका अभियुक्त भएको जिल्ला अदालत गुल्मीकै ठहर भएको मिसिलबाट प्रष्ट हुन्छ । तत्कालीन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतिले फैसला गरेको उक्त मुद्दा यस प्रकार छ ।
२०७८ चैत्र २२ गते भएको फैसलामा निज पेमबहादुरलाई तीन वटै मुद्दा गरि
साढे दश वर्ष ६ महिना कैद सजाय र एक लाख ५ हजार जरिवाना तोकिएको छ । निजले अदालतको बयानमै आफुले तिलबहादुरलाई कर्तव्य ज्यान गरेको स्विकार गरेका छ्न । हिरामणी भण्डारीको खेतमा इजाजत प्राप्त नगरेको भरुवा बन्दुक द्धारा बन्यजन्तु सरक्षित मृग माथी एकिन निशान नगरी प्रहार गर्दा मानिसलाई गोलि लागि मुलुकी अपराधसंहिता २०७४ को दफा १८१ (९) बमोजिम ५ वर्ष कैद र ५० हजार जरिवाना हुने ठहर्छ फैसलामा भनिएको छ ।
त्यस्तै ऐनको दफा १३२ (९) बमोजिम इजाजत प्राप्त नभएको हतियार लिई हिडेको सो हतियार बाट मानिसको मृत्यु समेत भएको देखिँदा ऐजनको दफा १३२(२) बमोजिम २ वर्ष कैद र २० हजार जरिवान हुने ठहर छ । साथै निज प्रतिबादिले ऐनको दफा १८१ र १३२ बमोजिमको एकीकृत कसुर गरेकोले निजलाई ऐनको दफा ४३ (२ )बमोजिम साढे ३ वर्ष ६ महिना कैद र ३५ हजार जरिवाना हुने ठहर्छ । सबै जोडेर कुल माथी उल्लेखित जेल सजाय र उप्त जरिवान तोकिएको छ ।
उच्चले यसरी घटायो सजाय
तर पेमबहादुरका वकिलले पुनरावेदन गर्न पुगे । अन्ततः उच्च अदालत तुल्सिपुर बुटवल ईजालासले २०७९ मङ्सिर १३ फैसला सुनाएर गुल्मी जिल्ला अदालतको फैसला उल्टाई दियो । माननीय न्यायधिश रामप्रसाद ओलि र किरण पौडेलले गरेको फैसलामा पेमबहादुरलाई जम्मा कुल ४ वर्ष कैद सजाय र ३० हजार जरिवाना साथै ७५ हजार क्षतिपुर्ती उपलब्ध गराउने उल्लेख छ । जुन कुरा मृतकका परिबारल्र थाह पाउन सकेन्न । त्यस माथी उच्च अदालतबाट आधा भन्दा बढी कैद सजायको छुट पाएका उनै पेमबहादुरलाई संविधान दिवसको अबसरमा राष्ट्रिपतिले त्यही चार वर्ष कैद सजायको बाकी दुई वर्ष पनि मिनाहमाफी गरि दिएपछी उनी सजायमुक्त भएर हिडेको हालै खुलासा भएको छ ।
जिल्ला कारागार प्रमुख रेश्मिराज पन्थीले उनी सहित दुई जनालाई मिनाहमाफिको सिफारिस गरेको बताउँछन् । यस घटनामा रेश्मिराजको के राज छ ? अनि सिफारिस गर्ने सिडियोको साथ रहनुमा के रहस्य छ ? भन्दै दलित अधिकारकर्मीहरु मृतककी श्रीमति गितालाई लिएर सिडियो टेकबहादुर केसिको कार्यकक्षमा पुगेका थिए । दलित अधिकारकर्मी रोम बिश्वकर्मा , झबिलाल सुनार , कृष्ण बिश्वकर्मा लक्षमण परियार लगाएत पुगेर एकै स्वरमा भने सिडियोसाव किन यसरी गरिव दलितको न्याय मार्ने गरी पेमबहादुर जस्ता तिन तिन मुद्धाका अभियुक्तलाई उन्मुक्ती दिलाउने गरी सिफारिस पठाउनु भयो ? के राजनिती दबाव हो कि आर्थिक चलखेल हो ? बुझन्स कारागार प्रमुख संग ।
जबाफमा सिडियोले भने म छातिमा हात राखेर कसम खाँदै भन्छु मलाई न दबाव थियो न कुनै स्वार्थ, कुनै कैदी कस्तो हो भन्ने मलाई थाह हुने कुरै भएन । थाह हुने कारागार प्रमुखलाई हो । मैले बुझनेछु । अधिकारकर्मीहरुले दलित भएकै कारण हत्या अभियुक्तलाई उन्मुक्ती दिलाईयो यदि पेमबहादुरको ठाउँमा ठिक उल्टो तुलबहादुर हुन्थे भने उनलाई सर्वस्व सहित जन्मकैद भएरै छाडथ्यो । त्यो सुनेर सिडियो गम्भीर हुँदै भने पिडितलाई सर्वोच्च जाने अधिकारी छँदैछ । त्यसै गर्ने भए गर्नु न त । त्यस पछि जुरुक्क उठेर भक्कानो छाड्दै त्यसलाई छाडे पछि सिडियोसाव म कसरी बाँचुला ? म त घरमा एक्लै बस्छु ।
उनले जिल्ला अदालतमा जन्म कैद भयो पेमबहादुरलाई भन्ने सुने पछि पिडामा मलमपट्टी बनेको, त्यस यता उच्च अदालतमा मुद्धा परेको र सजाय घटाएको फैसलाबारे आफुहरुलाई जानकारी नगराएको बताईन । पेमबहादुर रिहा भएको कुरा उनि गाउँमा पुगे पछि थाह पाएर आफु न्याय माग्न आएको बताईन । काठमाण्डौमा अनासन बसेकी छोरी पार्वती भन्छिन अब म सर्वोच्च अदालत जान्छु ।
श्रीमानको हत्यारालाई उन्मुक्ति दिलाएपछि आशुको धारा बगाउँदै गुल्मीकी अर्की ‘भारती’
प्रेम सुनार गुल्मी । श्रीमानको निर्मम हत्या गरेर सिन्दुर पुछिदियो, छोराछोरीको काख खोसिदियो, त्यसैलाई राष्ट्रपतिले कैद सजाए मिनाहमाफी आँसु बगाउँदै नेपालगन्जकी भारती मात्रै होईनन यति बेला अरु धुप्रै भारतीहरु न्याय माग्दै सडकमा हिडेका छन् । तिनै मध्येकी एक हुन गुल्मीको रातामाटा गाउँ…
