बुर्तिबाङको कोजाग्रत पूर्णिमा मेला : १ लाख ११ हजार राशिको भलिबलसंगै यस्ता छन् कार्यक्रम !

सागर भण्डारी, गुल्मी । बागलुङको पश्चिम क्षेत्रकै ऐतिहासिक कोजाग्रत पूर्णिमा मेलाको तैयारी भव्य रुपमा अगाडी बढेको छ । बुर्तिबाङ राईजिङ युवा क्लवको आयोजनामा प्रत्येक वर्ष विजया दशमीको अवसरमा कोजाग्रत पूर्णिमामा बुर्तिबाङ बजारमा आयोजना हुँदै आएको उक्त मेला यही कार्तिक ११ गतेदेखि १८…

बुर्तिबाङको कोजाग्रत पूर्णिमा मेला : १ लाख ११ हजार राशिको भलिबलसंगै यस्ता छन् कार्यक्रम !
सागर भण्डारी, गुल्मी । बागलुङको पश्चिम क्षेत्रकै ऐतिहासिक कोजाग्रत पूर्णिमा मेलाको तैयारी भव्य रुपमा अगाडी बढेको छ । बुर्तिबाङ राईजिङ युवा क्लवको आयोजनामा प्रत्येक वर्ष विजया दशमीको अवसरमा कोजाग्रत पूर्णिमामा बुर्तिबाङ बजारमा आयोजना हुँदै आएको उक्त मेला यही कार्तिक ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुँदैछ । क्लवले पूणर्िमा मेलाको तैयारीका कामहरु तीब्र रुपमा अगाडी बढाएको अध्यक्ष मिथुन विश्वकर्माले जानकारी दिनुभयो । “२१ औँ बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रमको तैयारी अन्तिम चरणमा पुगेको छ अध्यक्ष विश्वकर्माले जिटिभिसंग भन्नुभयो, अतिथि, कलाकार र अन्य विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा गर्ने संगै व्यवस्थापनको काम चलिरहेको छ ।” सप्ताहव्यापी रुपमा चल्ने कोजाग्रत पूणर्िमा मेला तथा खुल्ला वडास्तरीय पुरुष/महिला भलिबल प्रतियोगीताले मेलाको पहिचान वृद्धि गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्धेश्य रहेको उहाँको भनाई छ । “पूर्णिमा मेलाले बागलुङको पश्चिम क्षेत्र मात्रै होईन, निसी, भुजी, र रुकुम म्याग्दीसम्मको प्रमुख व्यापारीक केन्द्र बुर्तिबाङ बजार र ढोरपाटनको प्रवद्र्धन र प्रचार प्रसारमा टेवा पुर्याउँछ भन्ने हाम्रो उद्धेश्य छ विश्वकर्माले भन्नुभयो – यी क्षेत्रको व्यापार प्रवद्र्धनमा समेत अवश्य सहयोग पुर्याउनेछ ।” यसक्षेत्रको खेलकुद कला संस्कृतीको संरक्षण, मौलिक संस्कृती, रितिरिवाज, भेषभुषा तथा स्थानीय उत्पादनको बजारीकरण संगै विशेष आकर्षणका कार्यक्रमहरु महोत्सव अवधीभर रहनेछन् । १ लाख ११ हजार राशिको भलिबल पूर्णिमा मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगीतामा यसक्षेत्रकै सर्वाधिक राशिको पुरस्कार राशि राखिएको छ । खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगीतामा प्रथम हुनेले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा द्धितिय हुनेले ७१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । खेलमा सहभागी हुने समुहले दर्ता शुल्क स्वरुप १० हजार बुझाउनुपर्नेछ । त्यस्तै महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले ४१ हजार १ सय ११ र द्धितिय हुनेले २५ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । खेलमा सहभागी हुने समुहलाई ६ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । भलिवल तर्फ वेष्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट डिफेन्स, वेष्ट प्लेयर घोषित गरी पुरस्कृत गरिने आयोजकले जनाएको छ । त्यस्तै सो अवसरमा खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगीता, रस्साकस्सा प्रतियोगीता, पुरुष/महिला छेलो प्रतियोगीता, दोहोरी गित प्रतियोगीता, कृषि प्रर्दशनी लगायतका कार्यक्रम रहने क्लवका उपाध्यक्ष एवम् खेल संयोजक देव कुमार सुनारले जानकारी दिनुभयो । ३ दर्जन कलाकारको प्रस्तुती मेलाको अवसरमा आयोजना गरिएको प्रतियोगीतात्मक कार्यक्रमसंगै मेला अवधीभर झण्डै ३ दर्जन राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुती दिनेछन् । कार्यक्रममा चर्चित लोक दोहोरी गायक खेम सेञ्चुरी, युवराज मगर, दुर्गेश थापा मगर, चर्चित लोकदोहोरी गायक/गायिका विमला घर्ती, दिलु सलामी मगर, चित्रा तामाङ, सिमा थापा क्षेत्री, राजेन्द्र घर्ती मगर, ईकेन्द्र शारा शंकर, धिरज बि.सी, सुमित्रा तामाङ, दिपक घर्ती मगर, भुमिका घर्ती लगायतको उपस्थिति रहनेछ । यही कार्तिक १२ गतेदेखि सुरु हुने कार्यक्रमको पहिलो दिनको उद्घाटन ढोरपाटन नगरपालिकाका का.वा.नगरप्रमुख धनबहादुर कायत कल्याणले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्नुहुनेभएको छ । त्यस्तै कार्तिक १३ गते गण्डकी प्रदेश सभा सदस्य मा. जित शेरचन, कार्तिक १४ गते पूर्व प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठक, कार्तिक १५ गते गण्डकी प्रदेश सभा सदस्य मा. दिलमाया पौवी, कार्तिक १६ गते तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगर, कार्तिक १७ गते प्रतिनिधि सभा सदस्य मा. देविप्रकाश भट्टचन र कार्तिक १८ गते समापन समारोहमा गण्डकी प्रदेश सभा सदस्य मा. दोणर् कुमार कुँवर प्रमुख अतिथिको रुपमा उपस्थित हुने क्लवका उपाध्यक्ष सरोज घर्ती मगरले जानकारी दिनुभयो । वि.संं. २०६० सालमा स्थापना भएको क्लवले त्यसपछिका वर्षहरुदेखि निरन्तर रुपमा मेलाको आयोजना गर्दै आईरहेको छ । मेलामा ढोरपाटन नगरपालिकाका साथै निसी भुजी, तमान, बडिगाड लगायत अन्य जिल्लाहरु म्याग्दी, प्युठान, रुकुम, गुल्मी, पर्वत, पाल्पा, रुपन्देही, काडमाण्डौं आदि स्थाहरुबाट समेत मेलामा मानिसहरु आउने गर्दछन् । सो अवसरमा झाँक्री नाच, कृषि प्रदर्शनी, सरायँ नाच, स्थानीय विभिन्न जातजातिका मौलिक संस्कृती र पहिचान झल्कने प्रस्तुती रहनेछन् । मेलामा रुकुम तथा म्याग्दीबाट राडीपाखा र काम्लोको व्यापार गर्न स्थानीयहरु आउने गर्दछन् ।