नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा

२३ चैत, काठमाडौं । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । त्यसैले लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले सबैलाई पुनः आग्रह गरेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी…

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा
२३ चैत, काठमाडौं । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । त्यसैले लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले सबैलाई पुनः आग्रह गरेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी दिँदै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले नेपालमा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस भएकाले दोस्रो चरणमा प्रवेश गरेको बताउनुभयो । यसलाई हामी लोकल ट्रान्समिसन भन्छौं ।’ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार ‘लोकल ट्रान्समिसन’लाई कोरोना संक्रमणको दोस्रो चरण भनिन्छ ।