गुल्मीमा एक युवा मृत अवस्थामा भेटिएका छन्। प्रकाश खत्री भनेर चिनिने ३० बर्षीय युवा चन्द्रकोट गाउँपालिका-०१ का हुन्।
गुल्मी जिल्लाका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले दिएको जानकारी अनुसार सोमबारदेखि घरको सम्पर्कमा नरहेका खत्री घरदेखि दुई सय मिटर पश्चिममा आफ्नै खरवारीमा मृत फेला परेका हुन्।
प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार पारेको र पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याउने तयारी गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
गुल्मीमा एक युवा मृत अवस्थामा फेला
गुल्मीमा एक युवा मृत अवस्थामा भेटिएका छन्। प्रकाश खत्री भनेर चिनिने ३० बर्षीय युवा चन्द्रकोट गाउँपालिका-०१ का हुन्। गुल्मी जिल्लाका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले दिएको जानकारी अनुसार सोमबारदेखि घरको सम्पर्कमा नरहेका खत्री घरदेखि दुई सय मिटर पश्चिममा आफ्नै खरवारीमा मृत फेला प…
