छत्रकोट गाउँपालिकामा राहत कोष निर्माण,सहयोगका लागि अपिल

सागर भण्डारी २३ चैत्र, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९ )वाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई राहत प्रदान गरि उद्धार गर्ने उद्धेश्यले राहत कोष तयार गरेको छ । गाउँकार्यपालिका तथा सरोकारवाला सहितको बैठकले राहत वितरण सम्बन्ध…

छत्रकोट गाउँपालिकामा राहत कोष निर्माण,सहयोगका लागि अपिल
सागर भण्डारी २३ चैत्र, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९ )वाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई राहत प्रदान गरि उद्धार गर्ने उद्धेश्यले राहत कोष तयार गरेको छ । गाउँकार्यपालिका तथा सरोकारवाला सहितको बैठकले राहत वितरण सम्बन्धी मापदण्ड समेत तय गरेको छ । सोहि अनुरुप गाउँपालिकाले राहत सम्बन्धि मापदण्ड तय गर्दै विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्न सहयोग गर्नका लागि आह्वान गरेको छ । गाउँपािलकाले राहत कोष स्थापना गरेको भन्दै छत्रकोट गाउँपालिकाको नाममा रहेको सेन्चुरी कमर्सियल बैकं भेँडुवा शाखामा रहेको विपद व्यवस्थापन कोष खाता नं ११७००००००७ GE मा नगद सहयोगका लागि गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तद्धारा जारी गरिएको अपिलमा आग्रह गरिएको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै पालिका भित्र जन्मिएर पेशा व्यावसायको शिलशिलामा देश तथा विदेशका विभिन्न ठाउँमा रहने महानुभाव तथा संघ संस्था, राजनैतिक दल, उद्योगी, व्यापारी, कर्मचारी, शिक्षक, वुद्धिजिवि ,वित्तिय संस्था, सामुदायिक वन, सहकारी संस्था, समाजसेवी सवैलाई रकम सहयोग गरिदिन आग्रह गरेको छ । त्यस्तै सम्बन्धि वडा कार्यालयमा सम्पर्क गरी जिन्सी सहयोग गर्न पनि अनुरोध गरिएको छ । सहयोगदाताबाट प्राप्त सहयोग कोरोना भाईरसको रोकथाम तथा विपन्नहरुका लागि खाद्यान्न वितरणमा उपयोग गर्ने भनिएको छ । आह्वान यस्तो छ