केरलामा भीषण पहिरोःसयौँ बेपत्ता, अहिलेसम्म १९ जनाको मृत्यु भएको पुष्टि

भारतको केरलास्थित वायनाड जिल्लाको मेप्पडीमा गएको पहिरोमा परि कम्तिमा १९ जनाको मृत्यु भएको छ । भारी वर्षापछि मंगलबार गएको भीषण पहिरोमा परी सयौँ व्यक्ति बेपत्ता भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै जी न्युजले आफ्नो अनलाइन संस्करणमा हालसम्म १९…

केरलामा भीषण पहिरोःसयौँ बेपत्ता, अहिलेसम्म १९ जनाको मृत्यु भएको पुष्टि

भारतको केरलास्थित वायनाड जिल्लाको मेप्पडीमा गएको पहिरोमा परि कम्तिमा १९ जनाको मृत्यु भएको छ । भारी वर्षापछि मंगलबार गएको भीषण पहिरोमा परी सयौँ व्यक्ति बेपत्ता भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै जी न्युजले आफ्नो अनलाइन संस्करणमा हालसम्म १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । उक्त घटनामा परी सो स्थानमा बस्दै आएको नेपाली परिवारका १ वर्षीय बच्चा पनि रहेको जी न्युजको समाचारमा उल्लेख छ ।

मुडक्कई, चुरलमाला, अट्टामाला तथा नुलपुझा गाउँ पहिरोबाट प्रभावित भएको बताइएको छ । बीबीसी हिन्दीले पहिरोमा परी ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको उल्लेख गरेको छ ।

पहिरोमा परेकाहरूको उद्धार र राहतको काम सुरु गरिएको जनाइएको छ । भारतीय राष्ट्रिय आपदा मोचन बल परिचालित भइसकेको छ भने भारतीय वायुसेना पनि उद्धारमा खटिएको समाचारमा उल्लेख छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार अभियान सुरु भइसकेको उल्लेख गरेका छन् । केरलाका मुख्यमन्त्री पिनाराई विजयनसँग आफूले कुरा गरेको पनि मोदीले जानकारी दिएका छन् ।