क्वारेन्टाईनमा कोही जान नमानेपछि वडाध्यक्ष गुरुङ खाना बोकेर आफै पुगे

सागर भण्डारी,चैत्र २३ बाग्लुङ । क्वारेन्टाईनमा कोही पनि जान नमानेपछि बाग्लुङ बडीगाड गाउँपालिका वडा नं ७ का वडाध्यक्ष कृष्ण गुरुङ खाना बोकेर आफै क्वारेन्टाईन पुगेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको सक्रंमण बढीरहेका बेला वडा नं ७ वडा कार्यालयले भिमगिठे…

क्वारेन्टाईनमा कोही जान नमानेपछि वडाध्यक्ष गुरुङ खाना बोकेर आफै पुगे
सागर भण्डारी,चैत्र २३ बाग्लुङ । क्वारेन्टाईनमा कोही पनि जान नमानेपछि बाग्लुङ बडीगाड गाउँपालिका वडा नं ७ का वडाध्यक्ष कृष्ण गुरुङ खाना बोकेर आफै क्वारेन्टाईन पुगेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको सक्रंमण बढीरहेका बेला वडा नं ७ वडा कार्यालयले भिमगिठेमा निर्माण गरेको क्वारेन्टाईनमा २ जनालाई राखिएको छ । वडा कार्यालय मार्फत निर्माण गरिएको क्वारेन्टाइनमा वडा कार्याललयले सम्पूर्ण खर्च व्यहोर्ने गरि २ जनालाई क्वारेन्टाइनमा राखेको छ । एक जना पोखरा बाट पैदल आउनुभएका बर्ष १९ का जनक घर्ती र एक जना बागलुङ बाट पैदल आउनुभएका बर्ष २५ तिलक पुनलाई क्वारेन्टाईनमा राखिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखे पश्चात् समुदायमा एक प्रकारको त्रसित मानिसकत्ताको वातावरण सिर्जना भएको साथै निजहरुलाई खानेपानी लगाएत अन्य सामाग्री सम्बन्धित क्वारेन्टाइनमा पुर्याउन कोहि पनि नमाने पछि अध्यक्ष गुरुङले आफै खानेपानि लगायत अन्य सामाग्री क्वारेन्टाइनमा पुर्याएको बताउनुभयो । उनीहरु दुवै जनाको भिमगिठे स्वास्थ्य चौकीका प्रमुख विपेन्द्र केसीद्धारा नियमित स्वास्थ्य परिक्षण समेत गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । उनिहरुको अवस्था सामान्य रहेकोे छ । वडा कार्यालयले अब देखि देखि बागलुङ, पोखरा, बुटवल लगायत छिमेकि जिल्ला र स्थानिय तहबाट आउनेहरुलाई समेत क्वारेन्टाइनमा राख्ने निर्णय गरेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । आफ्नोे टोल तथा छरछिमेकमा बिदेश तथा स्वदेश बाट कोहि नयाँ व्यक्ति आएमा तुुरुन्त वडा कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ । वडाभित्र हालसम्म बिदेशबाट भित्रिएका दस जनाको समय अबधि २० दिन नागिसकेको र उनीहरुको निगरानी भईरहेको भन्दै वडाध्यक्ष गुरुङले हाल सम्मको स्वास्थ्य स्थिति सामान्य रहेकोले त्रसित नहुनका लागि समेत वडा कार्यालयले अनुरोध गरेको छ । वडाकार्यालय मार्फत वडा सदस्य, स्वास्थ्य स्वयं सेविका र स्वयं वडाध्यक्षले उनीहरुको निगरानी गरिरहेको बताईएको छ । अध्यक्ष गुरुङले नेपाल कोरोना भाईरसका सन्दर्भमा दोस्रो चरणमा प्रवेश गरेकोले अबका दिन वडा भित्र लकडाउनलाई प्रभावकारी र थप कडाई बनाउने समेत बताउनुभएको छ । लकडाउनलाई प्रभावकारी बनाउनका लागि यस अगाडी स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्वयमसेविकालाई परिचालन गरिएकामा अब शिक्षकलाई समेत परिचालन गरिने भएको छ । वडाध्यक्ष गुरुङले दुई छाक खाना बाट बञ्चित नहुन उदेश्यका साथ वडा कार्यालयले राहत वितरणका कार्यक्रमहरु सञ्चालन गरेकाले कोहि कसैलाई समस्या परेको खण्डमा वडा कार्यालयमा सम्पर्क गर्न समेत वडाध्यक्ष गुरुङले आग्रह गर्नुभएको छ ।