गोकर्णेश्वरको मनकामना ऊन उद्योगमा आगलागी

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजल भूमिस्थली स्थित मनकामना ऊन उद्योगमा आगलागी भएको छ। स्थानीय बुद्धीबहादुर कार्कीले सञ्चालन गरेको मनकामना उल क्रेडिङ प्रालिमा शुक्रबार अपरान्ह ४ बजेर २८ मिनेट जाँदा आगलागी सुरु भएको प्रहरीले जनाएको छ। कारखानमा लागेको आगो निभाउन…

गोकर्णेश्वरको मनकामना ऊन उद्योगमा आगलागी

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजल भूमिस्थली स्थित मनकामना ऊन उद्योगमा आगलागी भएको छ।

स्थानीय बुद्धीबहादुर कार्कीले सञ्चालन गरेको मनकामना उल क्रेडिङ प्रालिमा शुक्रबार अपरान्ह ४ बजेर २८ मिनेट जाँदा आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

कारखानमा लागेको आगो निभाउन नेपाल प्रहरीको ५० जनाको टोली र नेपाली सेनाको २५ जनाको टोली खटिएको छ। दमकल र पानी ट्यांकरको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।