मुसिकोट नगरपालिका वडा नं ५ वडा कार्यालयले राहत वितरण गर्यो

महेन्द्र कौशल,चैत २३ गुल्मी । मुसिकोट नगरपालिका वडा नं ५ वडा कार्यालयले वडा भित्र लकडाउनका कारण प्रभावित बनेका गरिब बिपन्न परिवारलाइ राहत सामाग्री वितरण गरेका छ । वडा भित्रमा झण्डै २ सय भन्दा बढी परिवारलाई राहत बितरण गरिएको वडाध्यक्ष भागिरथ खरेलले जानकारी दिनुभयो । लकडाउनका कारण…

मुसिकोट नगरपालिका वडा नं ५ वडा कार्यालयले राहत वितरण गर्यो
महेन्द्र कौशल,चैत २३ गुल्मी । मुसिकोट नगरपालिका वडा नं ५ वडा कार्यालयले वडा भित्र लकडाउनका कारण प्रभावित बनेका गरिब बिपन्न परिवारलाइ राहत सामाग्री वितरण गरेका छ । वडा भित्रमा झण्डै २ सय भन्दा बढी परिवारलाई राहत बितरण गरिएको वडाध्यक्ष भागिरथ खरेलले जानकारी दिनुभयो । लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष खरेलले बताउनुभयो । मुसिकोट नगरपालिकाको बिहिवारको कार्यपालिकाको बैठकको निर्णय बमोजिम अति विपन्न एवम् गरिबीका खाद्यान्न अभाव भोगिरहेका परिवारको लगत सकंलन गरि राहत वितरण गरिएको हो । विपन्न परिवारलाई २५ किलो चामल, २ किलो दाल, २ ओटा साबुन, एक पोका नुन र एक लिटर तेल लगायतका अत्यावश्यकीय खाद्य सामाग्री वितरण गरिएको बताईएको छ । राहत बितरण कार्यक्रममा मुसिकोट नगरपालिका वडा न. ५ का वडाअध्यक्ष भागिरथ खरेल, वडा सचीव बिष्णु प्रसाद खराल, सहसचीव बुद्धि प्रसाद अर्याल, वडा सदस्य लालुराम अर्याल, गोबिन्द खराल, पानकुमारी बि.क., नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सदस्य धिरेन्द्र के.सि., ने.क.पा.वडा कमिटी अध्यक्ष साबित्रा खरेल, डिल्लिराज खरेल, नेपाल रा.मा.वि.का प्र.अ. डिलबहादुर अधिकारी, दुर्गाभवन मा.वि.का शिक्षक विश्वनाथ खरेल, शेषकान्त खरेल, पत्रकार महेन्द्र कौशल, गाएक ओम सेन्चुरी, इलाका प्रहरी कार्यलय मजुवाका इन्चार्ज कृष्ण बहादुर गाहा लगायतको सहभागीता रहेको थियो । ५ जना भन्दा कम परिवारसंख्या भएकालाई २५ किलो चामल र सो भन्दा बढी परिवार संख्या भएकालाई प्रतिव्यक्ति ५ किलोको दरले चामल वितरण गरिएको वडाध्यक्ष खरेलले जानकारी दिनुभयो ।