पहिरो खस्दा चार जना घाइते, दर्जनौँ पशु च्यापिए

काठमाडौं । बाजुरा जिल्लाको हिमाली गाउँपालिका ३ बौडीस्थित गोरुखर्कमा पहिरो जाँदा चार जना घाइते भएका छन् । शनिबार बिहान ९ बजेतिर वर्षासँगै पहिरो खसेपछि चार जना घाइते भएका हुन् । पहिरोमा परि दर्जनौं पशुचौपाय पुरिएका छन् । गोरुखर्कमा ३० परिवार बस्दै आएका छन् । घाइतेको उद्धारका लागि प…

पहिरो खस्दा चार जना घाइते, दर्जनौँ पशु च्यापिए

काठमाडौं । बाजुरा जिल्लाको हिमाली गाउँपालिका ३ बौडीस्थित गोरुखर्कमा पहिरो जाँदा चार जना घाइते भएका छन् ।

शनिबार बिहान ९ बजेतिर वर्षासँगै पहिरो खसेपछि चार जना घाइते भएका हुन् । पहिरोमा परि दर्जनौं पशुचौपाय पुरिएका छन् ।

गोरुखर्कमा ३० परिवार बस्दै आएका छन् । घाइतेको उद्धारका लागि पहल भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उक्त ठाउँमा प्रहरीको टोली गइसकेको छ ।

चार जना घाइते र पशु चौपाया पहिरोमा पुरीएको जानकारी आएको भए पनि एकीन विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

जिल्ला सदरमुकाम मार्तडीबाट पूर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका वडा ३ पुग्ने पेदोलबाट चार दिन लाग्ने गर्छ । उक्त ठाउँमा यातायातको साधनहरु केही पनि सञ्चालनमा रहेका छैनन् ।