गृहमन्त्रीका नक्कली ‘पिए’ पक्राउ

गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी-प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट बिहीबार पक्राउ…

गृहमन्त्रीका नक्कली ‘पिए’ पक्राउ

गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी-प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट बिहीबार पक्राउ गरिएको उनको सचिवालय जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

उनले नक्कली पिए भन्दै ठगी गर्दै हिडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिदैं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए । यता गृहमन्त्रीको सचिवालयले विभिन्न क्षेत्रमा पिए-सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरूबाट सर्तक रहन आग्रह गरेको छ ।