सपथ लिँदै गर्दा पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष

हत्या आरोपमा नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो। उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित साहलाई बिहीबार शपथग्रहण समारोहबाटै प्रहरीले प…

सपथ लिँदै गर्दा पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष

हत्या आरोपमा नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो।

उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित साहलाई बिहीबार शपथग्रहण समारोहबाटै प्रहरीले पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा उनलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

डाक्नेश्वरीमा दुईजनाको हत्याको आरोप वडाध्यक्ष साहमाथि लागेको छ। अदालतले जारी गरेको परमादेशबाट उनीविरुद्ध मुद्दा चलेको हो।