वामी नमुना समाज जापानको बैठक सम्पन्न

रामकृस्ण कंडेल,चैत २४ । वामी नमुना समाज (WMC} को आपतकालिन समयसंग सम्बन्धित अनलाईन बैठक समितिका अध्यक्ष रेशम रायमाझी को अध्यक्षतामा बिभिन्न महत्वपूर्ण निर्णय हरु गरि समपन्न भएको छ । बैठकमा बिबिध बिषयमा निर्णयहरू गरिएको जापान बाट संस्थाका सल्लाहकार दिलिप थापाले जानकारी दिनु भएको छ…

वामी नमुना समाज जापानको बैठक सम्पन्न
रामकृस्ण कंडेल,चैत २४ । वामी नमुना समाज (WMC} को आपतकालिन समयसंग सम्बन्धित अनलाईन बैठक समितिका अध्यक्ष रेशम रायमाझी को अध्यक्षतामा बिभिन्न महत्वपूर्ण निर्णय हरु गरि समपन्न भएको छ । बैठकमा बिबिध बिषयमा निर्णयहरू गरिएको जापान बाट संस्थाका सल्लाहकार दिलिप थापाले जानकारी दिनु भएको छ । थापाका अनुसार अहिलेको यस बिषम परिस्थितिमा आफ्नो , परिबारको र समाजको स्वास्थ्य सुरक्षाको लागी संस्थाले जारी गरेका नियमहरुलाई सबैले पुर्ण रुपमा पालना गर्न अनुरोध गर्ने, साबिक वामी ९ बाट जापानमा रहनु भएका सम्पुर्ण आमा बुबा दाजु भाई तथा दिदि बहिनिहरुलाई कुनै पनि भाषागत समस्या जस्तै घरभेटी लाई भाडाको लागी केहि दिन ढिला हुन गएमा ,भन्नु परेमा ,केहि सामान्य बिरामी जस्तै टाउको दुखने ,पखाला लाग्ने , रुघा , खोकी , शरीर दुखने जस्तो भएमा नर्मल ड्रक्स स्टोर्स बाट किन्न सकिने औषधीको लागी कोरोना संग मिल्दा जुल्दा लक्षण देखिएमा ऐम्बुलेन्स बोलाउनु परेमा अथबा कल सेन्टर संग परामर्श गर्नु परेमा, क्रेडिट कार्डको ओसिहारायीलाई मिती परिबर्तन गराउनु परेमा लगायतका यावत भाषिक समस्या को लागी सँस्थाका जिम्मेवार व्यक्तिहरुलाई सम्पर्क गर्न आग्रह गरिएको छ । टोकियो को लागी दिलिप थापा ,योगेन्द्र खरेल, खिम रायमाझी लेख रायमाझी भुवन सापकोटा रहनु भएको छ । नागोया र ओसाका साईडको लागी यज्ञ प्रसाद घिमिरेलाई सम्पर्क गर्न सकिने बताईएको छ । यसै गरी सँस्था को कोषमा जम्मा हुन आयको रकम मध्य ३ मान यन वामी सेबा समिति जापान लाई पुर्ब निणय अनुसार दिने निर्णय गरिएको र बचत रकम लाई रिण मा नलगाई आपतकालिन कोषको लागी २ महिना सम्म बचत गरि राख्ने निर्णय गरिएको बताईएको छ । जसबाट भोली भबिष्यमा जापानमा रहेकाहरुलाई कसैलाई पनि आर्थिक अप्ठेरो परेको खण्डमा ऋण स्वरुप सहयोग प्रदान गरिने र यसको लागी कसैको निबेदन परेको खण्डमा समितिले मूल्याकंन गरि निर्णय गर्ने छ । सहयोगको अपेक्षा सहित निबेदन दिनुभयका राजेन्द्र खरेलज्यूको परिबार ( श्रीमति) सुत्केरी हुने भन्ने कुरा सुनियको हुदा उहाको अवस्थालाई मध्यनजÞर गर्ने,जापान मात्रै नभयर अन्य मुलुकमा रहनुभयका सम्पुर्ण नौ नंबर बासी हरु ले पनि आफु सुरक्षित रहनु का साथै एक आपसमा सहयोगका बिकल्पहरु खोज्न को लागी आग्रह गर्ने निर्णय गरिएको थापाले बताउनुभयो । बैठकमा अध्यक्ष रेशम रायमाझी उपाध्यक्ष बाबुराम खरेल उपाध्यक्ष डिलाराम खरेल सचिब ( अम्मर बुढाथोकी, कोषाध्यक्ष पदम रायमाझी, सह कोषाध्यक्ष बिष्णु प्रसाद खराल सदस्य, लिला खरेल, सुरज सापकोटा, सल्लाहकार टेकनाथ सापकोटाको उपस्थिति रहेको सल्लाहकार दिलिप थापाले जानकारी दिनुभएको छ ।