बिधालय बाट फर्किने क्रममा पहिरो मा परि मृत्यु भएकी८ बर्षिया शर्मिला को आज दाहसंस्कार !

बिधालय बाट फर्किने क्रममा पहिरो मा परि मृत्यु भएकी८ बर्षिया शर्मिला को आज दाहसंस्कार दिनेश शर्मा भाद्र २ /२०७६ बडिगाड बाग्लुङ जिल्लाको बडिगाड गाउपालिका वडा न ७ साबिक भिमगिठे गा बि स वडा न ४ थाम्का निवासी बुद्दी ब नेपाली (हर्क ) कि ८ बर्षिया छोरी शर्मिला नेपाली को आज दाहसंस्कार गर…

बिधालय बाट फर्किने क्रममा पहिरो मा परि मृत्यु भएकी८ बर्षिया शर्मिला को आज दाहसंस्कार !
बिधालय बाट फर्किने क्रममा पहिरो मा परि मृत्यु भएकी८ बर्षिया शर्मिला को आज दाहसंस्कार दिनेश शर्मा भाद्र २ /२०७६ बडिगाड बाग्लुङ जिल्लाको बडिगाड गाउपालिका वडा न ७ साबिक भिमगिठे गा बि स वडा न ४ थाम्का निवासी बुद्दी ब नेपाली (हर्क ) कि ८ बर्षिया छोरी शर्मिला नेपाली को आज दाहसंस्कार गरिएको छ।शर्मिलाको हिजो आइतबार उनले अध्ययन गर्ने बिधालय डाफेपातल आधारभुत बिधालय बाट घर फर्किने क्रममा पहिरो मा परि करिब ८०० मिटर तल झरेर आकस्मिक रुपमा दुखद निधन भएको थियो।मृतक बालिका डाफेपातल आधारभुत बिधालयको कक्षा २ मा अध्ययन गर्ने जेहेन्दार छात्रा थिइन घटना थाहा पाएलगत्तै बुवा बुद्दी बहादुर र आमा बेहोस भएका थिए ।घटना पश्चात वडा अध्यक्ष कृष्ण गुरुङ तत्काल घटनास्थल पुगि उद्दार कार्यमा सहभागी भएका थिए ।घटना पश्चात इलाका प्रहरी कार्यलय भिमगिठे का प्रहरि नायब निरीक्षक रिम ब बैदवार को नेतृत्वमा प्रहरी को टोलि घटनास्थल तर्फ गएको थियो।बेलुकी अबेर पहिरो बाट मृतक बालिका को शब निकाली बडिगाड गाउपालिका ७ गैरागाउ मा राखी बिहान प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तिबाङ मा पोस्टमार्टम गरेपश्चात आज दिउसो तिन बजे बडिगाड ७ इदिखोला मा दाहसंस्कार गरिएको हो।बिधालय बाट ठुलिआमा सङ्ग घरतर्फ सङ्ग सङ्गै आउदैगर्दा अचानक माथि केहि महिना अगाडी खनेको मोटरबाटो बाट खसेको लेदो सहित को पहिरो ले उनलाइ बगायो भने उनकि ठुली आमा र उनको भाइ भने मुस्किलले जोखिम बाट जोगिएको पारिवारिक श्रोत ले बताएको छ।